नेपाललाई संसारले हेरिरहेको छ- नरेन्द्र मोदी, प्रधानमन्त्री, गणतन्त्र भारत
म नेपालमा आउन पाएको अत्यन्तै हर्षित छु । धेरै–धेरै वर्षअघि एक पथिक यात्रु तीर्थालुको रूपमा म यहाँ आएको थिएँ । यो भनाइ कि एकपटक तपाईले नेपालको भ्रमण गर्नुभयो भने यो जीवनपर्यन्त सम्बन्धमा बदलिन्थ्यो । प्रथमतः यो सुन्दर देशको साथीको रूपमा म फेरि फर्केर आएको छु । प्रधानमन्त्रीको हैसियतमा पुनः आउन पाउँदा वास्तवमा मैले भाग्यशाली महसुस गरेको छु । यो यस्तो यात्रा थियो, जुन म प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गर्ने बित्तिकै गर्न चाहन्थेँ किनकि हाम्रो नेपालसँगको सम्बन्ध मेरो सरकारको उच्चतम प्राथमिकतामध्ये हो । निमन्त्रणा गर्नु भएकोमा म सरकार र नेपालका जनतालाई धन्यवाद दिन चाहन्छु । मसँगै एक सय २५ करोड भारतीय जनताको माया, शुभकामना र सद्भावना लिएर आएको छु ।तपाईं कल्पना गर्न सक्नुहुन्छ कि भोलि मेरो लागि कति गर्वको कुरा हो न कि तपाईंको संसद्मा म पहिलो पाहुना हुँ, जसलाई तपाईंले बोलाउनुभयो । सम्बोधन गर्ने अवसर दिनुभयो । यो सम्मान नरेन्द्र मोदी र भारतीय प्रधानमन्त्रीको मात्र होइन, सवासय करोड भारतीयको सम्मान हो । म यसका लागि आदरणीय सभामुख र तपाईं सबै सदस्यलाई हृदयदेखि आभार व्यक्त गर्न चाहन्छ । भारत र नेपालको सम्बन्ध त्यति नै पुरानो छ, जति हिमालय र गंगा पुरानो छ । र, हाम्रो सम्बन्ध कागजको पानाबाट अघि बढेको छैन, हाम्रो सम्बन्ध मनको अन्तस्करणदेखि छ, जनजनको मनको प्रतिबिम्बका रुपमा रहेको छ । हामी एकै सांस्कृतिक बिरासतको धनी छौं । म मूलतः गुजरातको हुँ । सोमनाथको भूमि हो । र सोमनाथको भूमिबाट हिँडेर म राष्ट्रिय राजनीतिका पहल मैले काशी विश्वविद्यालयको छत्रछायाँमा मैले सुरु गरेँ । आज पशुपतिनाथको चरणमा आएर उभिएको छु ।
यो त्यो भूमि हो, जहाँ सीताजी बाल्यकालमा खेल्नुहुन्थ्यो । आज पनि हामी जनकको स्मरण गर्दछौं । यो भूमि हो, जसले विश्वलाई अचम्मित पार्ने भगवान् गौतम बुद्धलाई जन्म दियो । हामी एकै सांस्कृतिक बिरासतका धनी हौं । यसैले जब म काशीको प्रतिनिधि बनिसकेको छु भने नेपालसँग मेरो नाता अझ जोडिएको छ किनभने काशीमा एउटा मन्दिर छ, जहाँको पुजारी नेपाली छन् । र नेपालमा पशुपतिनाथ छन्, जहाँको पूजारी हिन्दूस्तानका छन् । भारतका प्रत्येक व्यक्ति ५१ शक्तिपीठको दर्शन गर्ने चाहना राख्दछ, ती ५१ शक्तिपीठमध्ये दुई शक्तिपीठ नेपालमा छन् ।
यदि हामीबीच यति अटुट नाता छ भने यति मात्र होइन हिन्दूस्तानले त्यस्तो कुनै लडाइँ जितेको छैन, जुन जितका लागि नेपालीको रगत नबगेको होस् । कुनै नेपालीले शहादात प्राप्त नगरेको होस् । भारतको स्वाभिमानका लागि भारतको रक्षाका लागि नेपालका बहादुर मर्नका लागि पछि हटेनन् । भारतका लागि मर्न बाँच्न तयार बहादुर नेपालीका लागि म नमन गर्दछु । भारतीय सेनाका फिल्ड मार्सल एक महत्वपूर्ण कुरा भन्दथे – कोही सेनाका जवानले म मर्नबाट डराउँदिन भन्छ भने बुझ्नु कि त ऊ झुठो बोलिरहेको छ, कि त्यो गोर्खा हो । यदि गोर्खाले म मृत्युसँग डराउँदिन भन्दछ भने त्यो सत्य हो । यस्तो यो वीरको भूमि छ, सांस्कृतिक धारा छ । आज म भन्न सक्दछु नेपालका नागरिकको मात्र होइन, लोकतन्त्रमा विश्वास राख्ने पूरै विश्वको ध्यान नेपालको तर्फ केन्द्रित भएको छ ।
नेपालतर्फ केन्द्रित हुनुको मतलव सभा भवनमा बसिरहनुभएको तपाई सबैतर्फ केन्द्रित भएको छ । लोकतन्त्रमा विश्वास गर्ने पूरा विश्व आज तपाईहरूलाई हेरिरहेको छ, आशायुक्त नजरले हेरिरहेको छ । तपाईंलाई लाग्छ होला सदनमा बसेर संविधान निर्माणबारे चर्चा गरिरहेका छौं, भिन्न भिन्न धाराहरूको चर्चा गरिरहेका छौं, समाजका भिन्न भिन्न वर्गको हितका कल्याणको चर्चा गरिरहेका छौं । यति मात्र होइन, संविधानको निर्माताका रुपमा तपाईंहरूलाई यो सौभाग्य प्राप्त हुनु त्यसलाई म फरक ढंगले हेर्दछु । हामी जुन परम्परामा बाँचेका छौं, कहिले केही ऋषिहरूले वेद निर्माण गरे, केहीले उपनिषद् निर्माण गरे, केहीले योगसंहिताको निर्माण गरे र जसको प्रकाशमा हजारौं वर्षदेखि हामी आफ्नो जीवन चलाउँदै आएका छौं, त्यसै परम्परामा तपाईंको जीवनमा देशको संविधानले पनि नयाँ संहिताको रूपमा जन्म लिन्छ ।
नयाँ युगलाई दिशा देखाउने काम संविधानमार्फत् हुन्छ । जुन कुनै जमानामा ऋषिहरूले वेदद्वारा, पुराणद्वारा, संहिताद्वारा गरेका थिए । यस प्रकारले तपाईंहरू नयाँ संहिता लेख्दै हुनुहुन्छ । यसैले यो सौभाग्य प्राप्त गर्नुहुने तपाईं सबैलाई म हृदयदेखि नमन गर्न चाहन्छु, बधाइ दिन चाहन्छु । तर संविधान निर्माणका पूर्वसर्त हुन्छन्, संविधान निर्माण गर्न ऋषि मन हुन जरुरी छ । त्यो मन जसले टाढासम्म देख्न सक्दछ, त्यो मनले समस्याको अन्दाज गर्न सक्छन्, त्यो मनले आज पनि शब्दमा अंकित गर्नेछ, जसले सय वर्षपछि पनि समाजलाई सुरक्षित राख्न र आर्थिक विकास यात्रालाई अघि बढाउने कोसिस गर्नेछ । कति पवित्र, कति उम्दा, कति विशाल, कति व्यापक काम तपाईंहरूसामु छ । यसैले तपाईं असाध्यै भाग्यमानी हुनुहुन्छ, म तपाईंहरूलाई नमन गर्न आएको हुँ, तपाईंहरूको अभिनन्दन गर्न आएको हुँ ।
संविधान किताब मात्र हुँदैन, संविधानले आज र भोलिलाई जोड्दछ । म कहिलेकाहीं सोच्दछु तयो भारतको संविधानले हिमालयलाई समुद्रसँग जोड्दछ, भारतको संविधानले निर्जीव रेगिस्तानलाई नागाल्यान्डको हराहरा पहाडसँग जोड्दछ । सवासय करोड जनताको मनको आशा, आकांक्षालाई पल्लवित गर्दछ । तपाईंहरू संविधान निर्माण गर्न गइरहनुभएको छ, त्यो नेपालका नागरिकका लागि मात्र होइन, दुनियाँको इतिहासमा स्वर्णिम पृष्ठ लेख्न गइरहनुभएको छ । तपाईंहरूलाई लाग्न सक्छ– मोदीजीले के भनिरहनुभएको छ ? म सत्य बताइरहेको छु । तपाईहरूको संविधान जुन बन्नेछ, त्यो नेपालका लागि मात्र होइन, विश्वका लागि एउटा स्वर्णिम पृष्ठ बन्नेवाला छ किनभने इतिहासको धरोहरमा हेर्ने हो भने एक सम्राट अशोक थिए युद्धपछि शान्तिको खोजीमा निस्किए । युद्ध छोडेर बुद्धको शरणमा गए र एउटा नयाँ स्वर्णिम पृष्ठ लेखियो । म ती सबैलाई बधाइ दिन्छु जसले बुलेटको बाटो छाडेर ब्यालेटको मार्गमा अघि बढ्ने संकल्प गरे नेपालको धर्तीमा पनि । म ती सबैलाई अभिनन्दन गर्दछु, जो युद्धबाट बुद्धको बाटोमा गए र यो सदनमा उपस्थिति युद्धबाट बुद्धको मार्गमा तपाईको यात्राको अनुमोदन गर्दछु । यसैले म तपाईंहरूलाई बधाइ दिन आएको हुँ । तपाईंहरूले जब संविधानको निर्माण गर्नुहुनेछ, त्यो संविधान मलाई विश्वास छ– शान्ति प्रक्रियाको गर्भबाट एउटा यस्तो उम्दा संविधान जन्म लिनेवाला छ, जसले कोटिकोटी जनको आशा आकांक्षाको पूर्ति गर्नेछ ।
अहिले यो सदनमा पनि युद्धको यात्राबाट शान्तिको यात्रामा आउनुभएको छ । यो सदनले यस्तो संविधान बनाउँदै हुनुहुन्छ जसले कोटिकोटि जीवनको आशालाई भर दिनेछ । नेपालले दुनियाँलाई सन्देश दिने छ कि हिंसामा विश्वास गर्ने बन्दुक र पेस्तोलमा विश्वास गर्नेलाई पनि त्यो छाडी युद्धलाई छाडी बुद्धको माध्यमबाट समाधान गर्न सकिन्छ भन्ने विश्वलाई बुद्धको भूमिबाट सन्देश दिने छ । भारतले प्रारम्भदेखि भन्दै आएको छ कि हाम्रो काम तपाइँको काममा दखल गर्न होइन, काममा दिशा दिन होइन, दबाब दिन होइन, सहयोगी बन्न चाहन्छौं । तपाइँलाई गन्तव्यमा लाने काम भारतको होइन । नेपाल सार्वभौम राष्ट्र हो । नेपाललाई विश्वले हेरी गौरव गरोस् भन्ने हामी चाहन्छौँ । हाम्रो लोकतन्त्रको अनुभवबाट योभन्दा राम्रो लाग्छ कि हामी गरिब धनी, शिक्षित, गाउँ सहर सबै नेपालीलाई संविधान आएपछि मेरो पनि सम्बोधन भएको छ । तपाइँ यस्तो सविधान बनाउनु हुने छ कि सबै नेपालीले मेरो महसुस गर्न सकोस् । सविधान सर्वजन हितायः सर्वजन सुखायः होस् । संविधानले कहिल्यै तोड्दैन जोड्छ । त्यसले विवादलाई समाधानको बाटोमा लान्छ । संविधानले जोड्ने काम गर्छ तोड्ने होइन । संविधान वर्तमानको दबाबबाट हुनु हुँदैन । भोलिको भविष्यलाई गहन रुपले सोची भविष्यका पुस्तालाई हेरि बनाइन्छ । आजको कमा, पूर्णविराम पनि भोलि पचास सय वर्ष सम्म पनि नेपालको लागि मान्य नहुन सक्छ ।
तपाइँहरूले जुन काम सुरु गरी शस्त्र छाडी शास्त्रको भरमा बुद्धको भूमिमा बहुत उत्तम काम गर्दै हुनुहुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको कल्पना गरेकोमा भारत स्वागत गर्छ । हाम्रो प्रतिक्षा यो छ कि यो चाँडोभन्दा चाँडो पूरा होस् । थोरै हावा चलेमा हामीलाई पनि शितल मिल्छ । यहाँको तनावमा हामी शान्तिमा बस्न सक्दैनौ । यहाँको नेपाली भोको बस्दा म कसरी खुशी हुन सक्छु । तपाइँको जस्तै मलाइ पनि कोशीको बाढीको चिन्ता छ । तपाइँको चिन्ता तपाइँको हो त मेरो पनि हो । नेपाल जहाँ बुद्ध जन्मिएका थिए । उनले मनको अँध्यारो तोडी मानव जातिलाई चेतना दिए । नेपाल पानीको शक्तिले भारतको अन्धकार बिजुलीबाट नाश गर्न सक्छ । हामी बिजुली सित्तै चाहँदैनौं । खरिद गर्न चाहन्छौं । पानी पनि त्यसै होइन ।
पानी र जवानी कहिल्यै पहाडको काम आउँदैन । पानी पहाडबाट तल जान्छ । जवानी पनि थोरै उमेर पछि चलिजान्छ । हामी यो भनाइ बदल्नु छ । पहाडलाई पनि पानी काम आउँछ । जवानी पनि । भारत र नेपाल युवा देश हो । यो नव युवालाई काम दिन सके हामी प्राकृतिक स्रोतको उपयोग गरी विकासमा अगाडि बढ्न सक्छौं । प्राकृतिक स्रोतको बारेमा निर्णय तपाइँ गर्नुहोस् हामी तपाइँलाई साथ दिन तयार छौँ । यहाँ पेट्रोलियम पाइपलाइनबाट ल्याउने कुरामा हामी सहयोग गर्छौं । यहाँको शिक्षामा पनि छात्रवृत्ति बढाएर बढीभन्दा बढीलाई फाइदा दिन चाहन्छु ।
लक्ष्मणजी मुर्छित भएपछि हनुमान यहाँ आएका थिए । यहाँ हर्बल मेडिसिनको विकास गर्न सकिन्छ । भारत काँधमा काँध मिलाइ काम गर्न चाहन्छ । पर्यटनको विषयमा सवा करोड करोड जनता छिमेकी छन् भने कुनै पनि बेला पशुपतिमा आउन चाहन्छन् । पर्यटन व्यवसाय बढाउन चाहेमा जो कोहीले पनि विकास गरी एडभेन्चर पर्यटनका लागि नेपालको हिमालयभन्दा अर्को कुन ठाउँ हुन सक्छ ? पूरै विश्वको लागि नेपालको हिमालको महत्व छ । यहाँ संविधान बनाउने काममा छिमेकीको धर्म पनि के हो । आज जति दिएको छ त्यसको डब्बल गरी आज नेपालको अँध्यारो अन्त्य गरी भोलि नेपालले भारतको अँध्यारो दुर गर्ने छ । नेपालले पनि चाँडै यो विषयमा काम गर्नु हुने छ । महाकाली नदीमा पुल बने हामीबीच दुरी कम हुने छ । सीमाको बारेमा पनि हाम्रो लागि सीमा बोर्डर अवरोधक होइन, पुल बनाउन चाहन्छौं ।
नेपाल आफैं बढ्न सक्नुपर्छ । हामी मिलेर अगाडि बढ्न सक्छौं । मानवजातिको कल्याणका लागि मिलेर काम गरौं । अमेरिका फोन गर्न सस्तो नेपालमा महंगो किन भन्ने लाग्छ । नेपालका लाखौँ नागरिक भारतमा काम गर्छन् र फोन गर्दा नमस्ते भनी फोन राख्छन् । यो देशका जनताले कम खर्चमा लाइभ कम्युनिकेसन बढाएर मात्रै हाम्रो सम्बन्ध मजबुत पार्न सक्छौं । म मान्छु सार्क देश मिली गरिवीको विरुद्धको लडाइँ लड्न सक्छौं । हामी सार्क देशको विकास यात्रामा स्पेस टेक्नोलोजीको विकासमा सार्क सेटेलाइटको लाभ यो क्षेत्रको लागि नेपालको लागि मिलोस् भनी मेरो काम अगाडि बढ्ने छ ।
पहिलो १७ वर्षबीच भएन अब म बाचा गर्छु अब त्यस्तो हुँदैन । सार्कमा आउँदा जनकपुर र लुम्बिनी जाने छु । पञ्चेश्वर परियोजनालाई एक वर्षभित्र काम अगाडि बढाउनेतर्फ लाग्ने छौं । पाँच गुणा बढी बिजुलीले नेपाललाई ठूलो राहत मिल्ने छ । नेपालको हर्बल मेडिसिन जस्तै अर्गानिक कृषिको लागि पनि नेपालमा सम्भव छ । सिक्किम पूरै अर्गानिक राज्य बनेको छ । नेपालमा पनि त्यसको लागि मद्दत गर्ने छौं । भारतमा पनि यो प्रयोग भएको छ । किसानको लागि कस्तो औषधी, मल चाहिन्छ भनी काम गर्ने गरेजस्तै यहाँका किसानका लागि पनि आधुनिक र वैज्ञानिक बनाउन हामी उपयोगी हुन सक्छौं ।
नेपाललाई १० हजार करोड सहुलितयपूर्ण ऋण दिने घोषणा गर्न चाहन्छु । तपाइँ सही लगानी गर्नुहोस् । अरु किस्तामा भोलि थप आउँछ । अहिले विश्वले तपाइँलाई हेरिरहेको छ कि शस्त्रको माध्यममा लागेकामा यसले प्रेरणा मिल्ने छ कि तपाइँको ऋषि मनलाई सय वर्षसम्म पनि सबैले सम्झने छ । भगवान बुद्धको भूमिमा विचार र संकल्पको कमी छैन । म यही भन्छु भारत नेपाल मैत्री सम्बन्ध युगयुग रहोस् हिमालभन्दा बढी अग्लो होस् ।
(भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिने नेपाल भ्रमणको पहिलो दिन आइतबार नेपालको व्यवस्थापिका–संसद्लाई गरेको सम्बोधनको सम्पादित अंश )
मोदीले पशुपतिमा २५ सय किलो श्रीखण्ड चढाए
२५ करोड भारतीय आर्थिक सहयोग
काठमाडौ– नेपाल भ्रमणमा रहेको दोस्रो तथा अन्तिम दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको मन्दिरमा पूजाअर्चना गर्दै दुई हजार ५ सय किलोको श्रीखण्ड भेटि चढाएका छन् । उक्त श्रीखण्डको मूल्य झण्डै तीन करोड रुपैंयाँ पर्दछ ।
पशुपतिनाथको मन्दिरमा झण्डै ५० मिनेट सम्म पूजा अर्चना गरेका मोदीले हिन्दुधर्मप्रतिको आफ्नो आस्थालाई कायम राख्दै पशुपतिनाथ मन्दिरका लागि ठूलो परिमाणको भेटि चढाएका हुन् । पाँच वर्ष पहिले पनि भारत सरकारले पशुपतिमा पाँच सय किलो श्रीखण्ड चढाएको थियो । मोदीले सोमवार नै मन्दिरमा पूर्जाअर्चना गरिसकेपछि पशुपतिनाथको मन्दिरको सहयोगार्थ २५ करोड भारतीय रुपैंयाँ प्रदान गर्ने भएका छन् ।
साउनको सोमवारको दिन पारेर पशुपति मन्दिरको दर्शन गर्न गएका भारतीय प्रधानमन्त्री मोदीलाई मन्दिरमा एक सय आठ ब्राम्हण बालकहरुले मन्त्रोचारण गरेर स्वागत गरेका थिए । मोदीको स्वागतमा नेवारी बाँसुरी बादनसहितको धिमे नाँच, पञ्चेबाजा, गुँलाबाजा समेत प्रस्तुत गरिएको थियो । मन्दिर प्रवेश लगत्तै मोदीले बासुकीनाथको दर्शन गरेका थिए ।
पशुपतिनाथको मन्दिरमा पूजाअर्चना गर्न जाने क्रममा मोदीले निधारमा चन्दन तथा घाँटीमा रुद्राक्षको माला पहिरिएका थिए । नेपाल भ्रमणको पूर्वसन्ध्यामा शनिबार मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् साउन महिनामा पशुपतिको दर्शन गर्न पाउनु आफ्नो सौभाग्यको भएको बताएका थिए । साउनको सोमबार पशुपति दर्शनको शुभ साइत मिलाएर नै मोदीले पशुपतिको दर्शन गर्ने उद्देश्यले नेपाल भ्रमणको कार्यक्रम राखेको हुनसक्ने धार्मिक विश्लेषण नेपाल पञ्चाङ््ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।
विशिष्ट अतिथिको पूजाअर्चना भएको भन्दै पशुपति विकास कोषले मन्दिरमा विहान ७ बजेदेखि ११ बजे सम्म सर्वसाधारणलाई पूजाअर्चना गर्न रोक लगाएको थियो । साउनमा विशेष पूजा अर्चना गर्न भिंड लाग्ने पशुपतिनाथको मन्दिरमा साउनको सोमवार बढी नै दर्शनार्थीहरुको घुँइचो लाग्ने गर्दछ । विशेष अतिथिको पूजाको कारण सर्वसाधारण दर्शनार्थीहरु भने चार घण्टा बढी बाहिर बस्नुपर्दा प्रताडित भएका थिए ।
वैदेशिक शिक्षा र रोजगारबाट फर्किएकालाई सस्तो ऋण
काठमाडौं– नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार तथा वैदेशिक शिक्षा हासिल गरि स्वदेश फर्किएकाहरूलाई लक्षित गर्दै ऋण उपलब्ध गराउने भएको छ । वैंकले स्वदेश फर्किएका नेपालीहरुलाई स्वदेशमै रोजगारीको निम्ति बढीमा नौं प्रतिशत ब्याजमा ऋण दिने भएको हो । नौं प्रतिशत ब्याजमा बैंक तथा वित्तीय संस्थाहरूले साना तथा मझौला उद्योग, कृषिको परिभाषाभित्र नभएका अन्य व्यवसायहरूमा लगानी गर्न सक्नेछन् ।
चालु आर्थिक वर्षको बजेटले कृषि र पशुपालनका लागि छ प्रतिशत ब्याजमै ऋण उपलब्ध गराउने नीति लिइसकेको छ । कृषि र पशुपालनवाहेकमा लगानी गर्न चाहनेहरूले नौं प्रतिशत ब्याजमा यस्तो कर्जा पाउने छन् । कर्जा उपलब्ध गराउने नीति लिएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूमार्फत् यस्तो कर्जा प्रवाह गर्नेछ ।
यस्तो ऋणको अवधि बढीमा छ महिनाको हुनेछ । ग्राहकले प्रत्येक तीन महिनामा किस्ता र ब्याज भुक्तानी गर्ने हुनाले ऋण नवीकरण बैंक तथा वित्तीय संस्थाहरूले आफैंले गरिदिने छन् । चालु आर्थिक वर्षको बजेटले कृषि र पशुपालनका लागि छ प्रतिशत ब्याजमै ऋण उपलब्ध गराउने नीति लिइसकेको छ । कृषि र पशुपालनबाहेकमा लगानी गर्न चाहनेहरूले नौं प्रतिशत ब्याजमा यस्तो कर्जा पाउने छन् ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अन्य ऋणको धितोमा चार प्रतिशत ब्याजमै पैसा उपलब्ध गराउने छ । बैंक तथा वित्तीय संस्थाहरूले त्यसमा बढीमा पाँच प्रतिशत ब्याज थप गरेर यस्तो क्षेत्रमा लगानी गर्न सक्ने छन् । बैंक तथा वित्तीय संस्थाहरू तोकिएको उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन उत्प्रेरित गर्ने यो उद्देश्यले सस्तो लगानीमा ऋण दिन लागिएको हो । चालु आर्थिक वर्षको बजेटले युवालाई स्वरोजगार बनाउने नीति लिएको छ ।
वैदेशिक रोजगार तथा पढेर फर्किएकाहरूले सञ्चालन गर्ने उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन, भौतिकपूर्वाधार निर्माण उद्योगहरूमा यस्तो कर्जा उपलब्ध हुनेछ । राष्ट्र बैंकले जलविद्युत् परियोजना निर्माण, कृषि, पशुपंक्षी र माछापालन व्यवसायका लागि पनि यो कर्जा उपलब्ध गराउने छ । राष्ट्र बैंकको परिभाषामा उत्पादनमूलक उद्योगभित्र चुरोट, विडी, सिगार, सुर्ति, खैनीलगायत मदिरा उद्योगहरू पर्दैनन् । यसैगरी भौतिक पुर्वाधारभित्र सडक, पुल, रोपवे, ट्रलीवश, टनेल, फ्लाइङ ब्रिज, केबल कार, विद्युत प्रशारणलाइन मात्र पर्छन् । सस्तो ब्याजमा कर्जा चाहने ग्राहकले यस्तो ऋण लिन बैंक तथा वित्तीय संस्थासँग सम्पर्क गर्नुपर्ने बताइएको छ ।
बेष्ट रेमिट र सानिमाबीच रेमिट्यान्स सम्झौता
काठमाडौं– गैरआवासीय नेपालीहरूद्धारा प्रवद्र्धित बेष्ट रेमिट नेपाल प्रालि र सानिमा बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । आइतबार भएको सम्झौतामा बेष्ट रेमिटका तर्फबाट प्रबन्ध निर्देशक श्याम तामाङ र सानिमा बैंककातर्फबाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले हस्ताक्षर गरेपछि रेमिट्यान्स कारोवारको थप ढोका खुलेको हो ।
यो सम्झौतासँगै अब विश्वका विभिन्न देशबाट बेष्ट रेमिटमार्फत् आएको रेमिट्यान्स मुलुकका विभिन्न भागमा रहेका सानिमा बैंकका २८ वटा शाखाबाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ । सम्झौतापछि बेष्ट रेमिटका प्रवन्ध निर्देशक तामाङले विदेशबाट पठाएको पैसालाई सेवाग्राहीसम्म पु¥याउन सानिमा बैंकसँगको सम्झौताले सहजभएको बताए । उनले आगामी दिनमा रेमिट्यान्स कारोबारलाई जनस्तरमा बैकिङ च्यानलबाट पु¥याउन बेष्ट रेमिटले थप सेवा प्रदान गर्ने जानकारी दिए ।
बेष्ट रेमिटसँग रेमिट्यान्स सम्झौता गर्न पाउँदा खुशी र उत्साहित भएको बताउँदै सानिमा बैंकका प्रमुख वित्तीय अधिकृत गुरागाईले यो सम्झौतासँगै गुणस्तरीय सेवा र रेमिट्यान्स कारोबारमा थप जिम्मेवार र विस्तार भएर लाग्ने बताउ ।
सानिमा बैंकसँग भएको सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिट मार्फत पठाएको रकम अब बेस्ट रेमिटका २१ सय भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ ।
बेष्ट रेमिटले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउन आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान विभिन्न बैंक तथा वित्तिय संस्थाहरूका साथै प्राइभेट कम्पनीहरूसँग रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतालाई प्राथमिकता दिंदै आएको छ । बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्र रुपमा सम्झौता गरिरहेको जनाएको छ ।
निजी उद्योगसँग सहकार्यको प्रस्ताव राख्दै मोदी
काठमाडौ– आइतवार नेपालको औपचारिक भ्रमणमा काठमाडौ आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार निजी उद्योगका प्रतिनिधीहरुलाई भेट गर्दैछन् । निजी उद्योगहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न १६ उद्योगीहरुलाई मोदीले भेट गर्ने कार्यक्रम तय गरिएको छ । उद्योग संघका प्रतिनिधिहरुलाई भेट गरि मोदीले निजी उद्योगहरुसँग सहकार्यको प्रस्ताव गर्नेछन् ।
दुई दिनको भ्रमणको अन्तिम दिन मोदीले सोमवार उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल–भारत उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, नेपाल समुन्द्रपार निकासी पैठारी संघका प्रनिनिधीहरुलाई भेट गर्न लागेका हुन् । मोदीले सोमवार नै गैर आवासीय नेपाली संघका पदाधिकारीहरुलाई पनि भेट गर्ने कार्यक्रम तय गरिएको छ ।
नेपाल भ्रमणबाट फर्किनु भन्दा एक घण्टाअघि दिउँसो ३ बजे हायत ह्यात होटलमा नै निजी क्षेत्रका उद्योग ब्यवसायीहरुसँग भेट गर्न लागेका हुन् । महासंघ, परिसंघ र नेपाल–भारत उवा संघबाट ४–४ जना तथा अन्य संघबाट एक एक जना प्रतिनिधिले मोदीलाई भेट गर्नेछन् ।
महासंघबाट अध्यक्ष प्रदीपजंग पाण्डे, निवर्तमान अध्यक्ष सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका र पूर्वअध्यक्ष पद्म ज्योतिले भेट गर्ने महासंघले जनाएको छ ।
यस्तै, परिसंघबाट अध्यक्ष नरेन्द्रकुमार बस्न्यात, प्रेसिडेन्ट इमिरेट्स विनोदकुमार चौधरी, वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष अनुुजकुमार अग्रवाल तथा चेम्बर अफ कमर्शका राजेशकाजी श्रेष्ठ, नेपाल भारत उद्योग वाणिज्य संघका शशिराज पाण्डे, गैर आवासीय नेपाली संघका अध्यक्ष उपेन्द्र महतो, होटल ब्यवसायी अरुण सर्राफ लगायत १६ जना उद्यमीले भारतीय प्रधानमन्त्री मोदीसँग सामुहिक भेटवार्ता गर्दैछन् । होटल ब्यवसायी सर्राफ मोदी बसेको होटल ह्यातका मालिक पनि हुन् । उद्योगी विनोदकुमार चौधरीले भने मोदीलाई आइतवार पनि ब्यक्तिगत तवरबाट भेटघाट गरेका थिए ।
भारतीय प्रधानमन्त्री मोदीसँग निजी क्षेत्रले द्विपक्षीय लगानी विस्तार तथा ब्यापारिक सम्बन्ध विस्तारका विषयमा छलफल गर्नेछन् ।
सुनकोसी पीडितलाई ४० लाखको राहत कोष
काठमाडौं– सिन्धुपाल्चोकको माङ्खा गाविसको जुरेमा शनिबार सुनकोसी नदीका कारण विस्थापितहरुका लागि राहत कोष स्थापना गरिएको छ । जुरेमा झण्डै एक किलोमिटर माथिबाट खसेको पहिलोले नदी पुरै थुनेको थियो । नदी थुनिएर विस्थापित भएकाहरूको सहयोगका लागि ४० लाखको ‘सुनकोसी बाढीपीढित राहत कोष’ स्थापना गरिएको हो ।
उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक, नेपाल ट्रेड कन्टेनर व्यवसायी संघ र हिमालय सीमापार वाणिज्य संघको संयुक्त पहलमा विस्थापितहरुका लागि राहत कोष खडा गरिएको सीमापार वाणिज्य संघका अध्यक्ष नीलकण्ठ चौलागाईंले बताए । जति सक्दो छिटो बाढीपीडितलाई सहयोग गरिने पनि उनले बताए ।
सुनकोसी नदी थुनिएर सिन्धुपाल्चोकस्थित माङ्खा, टेकानपुर र रामपुर गाविस प्रभावित भएको थियो । घटनामा परी हालसम्म दश जनाको मृत्यु हुनुका साथै १६ गम्भीर घाइते भएका छन् । पहिरोमा पुरिएर एक ५० बढी अझै पनि वेपत्ता छन् ।
तीन समझदारीपत्रमा हस्ताक्षर, ऊर्जामा १ खर्बको सहयोग
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको अवसरमा नेपाल र भारतबीच ऊर्जा लगायतका तीन विषयमा सम्झौता भएको छ । गलगाँडरोग नियन्त्रण कार्यक्रमको निरन्तरता, ऊर्जा र सञ्चारसम्बन्धी तीनवटा छुट्टाछुट्टै समझदारीपत्रमा दुईदेशबीच हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा ती समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । गलगाँड नियन्त्रण कार्यक्रमको निरन्तरतासम्बन्धी समझदारीपत्रमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणगोपाल मलेगो र नेपालका लागि भारतीय राजदूत रञ्जित रेले हस्ताक्षर गरे भने ऊर्जा प्रवद्र्धनसम्बन्धी समझदारीपत्रमा ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री र राजूदत रेले हस्ताक्षर गरेका छन् ।
यस्तै, सञ्चार सम्बन्धी सम्झौतामा भने नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागार्इँ र दूरदर्शनका महानिर्देशक विजयाललक्ष्मी चोपडाले हस्ताक्षर गरेका छन् ।
दुई देशका प्रधामन्त्रीको नेतृत्वमा भएको द्विपक्षीय वार्ताबारे जानकारी दिँदै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले ऊर्जाजस्ता पूर्वाधारका क्षेत्रमा सामूहिक ढङ्गले अघि बढ्न दुवै पक्षले जोड दिएको बताए ।
यसैगरि पञ्चेश्वर परियोजना प्राधिकरणको क्षेत्राधिकार र पञ्चेश्वर परियोजना एक वर्षभित्रमा शुरु गर्ने पनि दुईपक्षबीच सहमति भएको छ ।
एक अर्व अमेरिकी डलरको ऋण सहायता
भारतले ऊर्जालगायत पूर्वाधार निर्माणमा एक अर्ब अमेरिकी डलर बराबरको सहयोगको प्रस्ताव गरेको छ । बैंकमार्फत ‘कन्सेसनल लाइन अफ क्रेडिट’अन्तर्गत उक्त रकम उपलब्ध गराउन भारतले त्यस्तो प्रस्ताव गरेको हो । नेपालको औपचारिक भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको द्विपक्षीय प्रतिनिधिमण्डलबीच आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तामा प्रधानमन्त्री मोदीले एक अर्ब अमेरिकी डलर सहयोगको प्रस्ताव गरेको अर्थमन्त्री डा. रामशरण महतले जानकारी दिए ।
विद्युत् व्यापार सम्झौता (पीटीए) भने आगामी ४५ दिनभित्र थप गृहकार्यपछि गर्नेमा दुवैपक्ष सहमत भएका पनि मन्त्री महतले जानकारी दिए ।

0 comments:
Post a Comment