sidebar_mainads

असोज १० र ११ मा हुने कोरियाको ईपिएस भाषा परिक्षाको आवेदन खुल्यो

याद राख्नुपर्ने  महत्वपुर्ण १० बुदा ,७  आवदेन स्थलहरु  विस्तृत जानरकारी मुलक सूचना सहित 
काठमाण्डौमा ३ र बाहिर ४ ठाउबाट र सार्वजनिक सूचना सहित काठमाण्डौ उपत्यकामा ३ र बाहिर धरान बुटवल,पोखरा र डडेल्धुराबाट आवेदन दिने व्यवस्था
ईपिएस शाखा ग्वार्को , ललिपुरले पाचौं कोरियन (ईपिएस टपिक) (पिविटी) परिक्षाको लागि आवेदन खुल्ला गरेको छ ।
ईपिएस कार्यलयले एक सूचना मार्फत साउन २८ देखि ३१ गते सम्म काठमाण्डौमा ३ र उपत्यका बाहिर धरान , बुटवल,पोखरा र डडेल्धरा गरि ७ स्थानबाट आवदेन लिने पुरा फाराम भर्ने व्यवस्था गरेको छ ।
जसमा
काठमाण्ठौमा
क)काठमाडौंमा च्यासल फुटबल खेल मैदान, बालकुमारी,ललितपुर
ख)एक्मी ईन्जिनियरिङ कलेज, सितापाईला , काठमाण्डौ
ग)ल्याबरोटरी उच्च माध्यमिक विधालय, कीर्तिपुर (बल्खु) काठमाण्डौ
काठमाण्डौ उपत्यका बाहिर
घ)धरान ःधरान नगरपालिका वार्ड नं. ८ स्थित धरान सभागृह
ङ)बुटवल ः वुटवल नगरपालिका स्थित नेपाल प्रहरी तालिमकेन्द्रको पूर्व तर्फ रहेको वुटवल प्रदर्शन मण्डप,
च)पोखरा ः पोखरा उपमहानगरपालिका वडा नं. १६ बाटुलेचौ स्थित बिन्धवासिनी उच्च मावि

छ)डडेल्धुरा ः अमरगढी नगरपालिका स्थित कर्मचारी मिलन केन्द्र
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय र गणतन्त्र कोरिया , श्रम तथा रोजगार मन्त्रालय विच भएको २००७ जुलाई २३ को समझदारी पत्र अनुसार सरकारी प्रकृयामा कोरिया लैजाने गरिएको छ । जसमा मध्यस्त कर्ताको कुनै भुमिका नहुने भन्दै सरकारले ध्यानाकर्षण गराउदै आएको छ भने परिक्षामा पास हुनुलाई कोरिया जाने ग्यारेन्टी होईन भनि सूचना महत्व दिएर राखिएको छ ।
असोज १० र ११ गते हुने भाषा परिक्षा सम्बन्धी १० मुख्य बुदाँहरु तथा पुरा सुचना हेर्नुहोस ।
१आवेदन दर्ता मिति ः साउन २८ देखि ३१ सम्म
२आवेदन दर्ता फाराम वितरण र दर्तास्थल
काठमाडौंमा
च्यासल फुटबल खेल मैदान, बालकुमारी,ललितपुर
एक्मी ईन्जिनियरिङ कलेज, सितापाईला , काठमाण्डौ
ल्याबरोटरी उच्च माध्यमिक विधालय, कीर्तिपुर (बल्खु) काठमाण्डौ
काठमाण्डौ उपत्यका बाहिर धराना नगरपालिका वार्ड नं. ८ स्थित धरान सभागृह
बुटवल ः वुटवल नगरपालिका स्थित नेपाल प्रहरी तालिमकेन्द्रको पूर्व तर्फ रहेको वुटवल प्रदर्शन मण्डप,
पोखरा ः पोखरा उपमहानगरपालिका वडा नं. १६ बाटुलेचौर स्थित बिन्धवासिनी उच्च मावि

डडेल्धुरा ः अमरगढी नगरपालिका स्थित कर्मचारी मिलन केन्द्र
३आवेदन तरिका ः परीक्षा आवेदन फाराम व्यक्ति स्वयं उपस्थित भई बुझाउनु पर्नेछ ।
४परिक्षा आवेदन फाराम दर्ता स्थानमा निशुल्क उपलब्ध हुनेछ । परिक्षा शुल्क २४ डलर लाग्नेछ । परिक्षा स्थल २०७१ असोज ३ गते प्रकाशित हुनेछ ।
५ प्रत्येक परिक्षा आवेदन फारामको नम्बर उल्लेख भएको हुनेछ । एक व्यक्तिलाई एउटा मात्र फाराम दिईनेछ । सच्चाउनु परेमा टिपेक्स को प्रयोग गर्न सकिनेछ । क्यापिटलमा पहिले थर अनि नाम लेख्ने ।
जरुरी कागजात
६आवेदन फाराममा राहदानी वा नेपाली नागरिकताको प्रमाणपत्रको ६ गुणा १२ सेमी को प्रतिलिम टास्ने तथा सक्कल प्रति पनि साथमा लिई आउनुपर्नेछ । राहदानी वा नागरिकताको सककल विना परिक्षामा समावेश हुन नपाउने ।
७परिक्षा भवन तथा कोठाभित्र मोवाईल फोन,क्यासेट प्लेयर, पिडिए,एम पि ३ जस्ता विधुतिय उपकरण निषेध छ ।
८कालो मसि प्रयोग गर्नुपर्ने, उत्तर टिपेक्स लगाएर सच्चाउन नसकिने ।
९ ३ महिना यता खिचेको ३.५ सेमिको दुई प्रति फोटो टास्नुपर्नेछ ।
स्पष्ट फोटो नटासिएमा निजको आवेदन रद्द गरिनेछ ।
१०. नतिजा असोज २९ गते (अक्टोबर १५ )
पुरा सूचना हेर्नुहोस
eps notice 1 ok
eps notice 2ok
eps notice 3 ok
eps notice 4 ok
प्रष्ट सूचनाको लागि सूचना लिंक खोल्नुहोस ।

About Tekman Shakya

0 comments:

Post a Comment