Posts

Showing posts from June 3, 2014

म र सुनखानी माबि

Image
उज्ज्वल भविश्य निर्माणका लागि अहम भुमिका खेल्न प्रेरणा दिने मेरो प्यारो विद्यालय सुनखानी माध्यामिक विद्यालय सँधै मेरो मानसपटलमा लुटपुटाईरहन्छ । अझ भनौँ भने हामीलाई सकारात्मक बाटोतर्फ डोहो¥याई अगाडी बढ्नुहुने शिक्षक शिक्षिका प्रेरणाका मुहान हुनुहुन्छ । करिब ६ वर्षको उमेर हुँदा मैले यस विद्यालयबाट शिक्षाको प्रारम्भ गरेँ । अनि सुनौला भविश्य निर्माणका लागि संघर्षशिल पाईलाको आरम्भ पनि । आरम्भको पाईला नाङ्गो थियो । त्यसैले त ती पाईलाहरुमा खिल रोप्पिने काम भयो । तर त्यहि खिलको रोपाई आज अमृत समान बनेर निस्केको छ । संसार कस्तो हुन्छ भन्ने जिज्ञासा र खुलदुली मेरो मनले नखोजिदिएको भए, अनी पढाईको व्यख्या र अनुशासनको पठन मैले नस्वीकारेको भए म त्यहि पुरानै तहमा नै सिमित रहन्थेँ होला । तर आज म प्राचिन संसारको परिकल्पना गर्ने नियमलाई परिवर्तन गर्दै नयाँ बाटोको निर्माण गर्ने कोशिसमा छु । उद्देश्य के लिनु, उठि छुनु चन्द्र एक भन्दै आज म भविश्य भेट्टाउने आशामा निरन्तर दौडाहमा छु । दौडाहका शिलसिलामा अनेक बाधा र अडचन आईपरेपनि विद्यालयले सिकाएको व्यवहारिक र नैतिक शिक्षालाई प्रयोग गर्दै अगाडी बढ्ने प्रयत्नमा...