Posts

Showing posts from January 11, 2026

सहकारी छानबिनबारे गगन थापाले माफी मागेका हुन्? यस्तो छ वास्तविकता

Image
  टेकमान शाक्य । सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनेको तर रवि लामिछानेबारे केही पनि नभेटिएको र आफूहरुले उठाएको विषय सबै गलत साबित भएको भनेर नेपाली का‌ंग्रेसका महामन्त्री गगन थापाले माफी मागेको भनेर तस्बिरसहितको स्टायटस र भिडियो भाइरल बनिरहेको छ। तर हाम्रो तथ्य जाँचले कांग्रेस महामन्त्री थापाको पुरानो भिडियोको क्लिपलाई तोडमोड गरेर भ्रम फैलाइएको पुष्टि गरेको छ। के हो दाबी ? १ लाख ६० हजार फलोअर्स रहेको लक्ष्मी ज्ञवाली नाम गरेको फेसबुक प्रोफाइलमा सन् २०२६ को जनवरी ८ मा गगन थापाको तस्बिरसहित एउटा स्टायटस पोष्ट भएको छ। तस्बिरमा जेमिनाई एआईको लोगोसमेत देखिन्छ। पोस्टमा नेपाली का‌ंग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी सम्बन्धी प्रकरणमा रवि लामिछानेमाथि लगाइएको आरोप हिजो पनि गलत थियो र आज पनि गलत छ, प्रमाण छैन भनेर बोलेको दाबी गरिएको छ। लेखिएको छ, “कांग्रेस नेता गगन थापा भन्छन् रवि लामिछाने माथि सहकारी ठगी सम्बन्धि लगाइएको आरोप हिजो पनि गलत थियो, आज पनि गलत छ, प्रमाण छैन !” यो तथ्यजाँचको समयसम्ममा यो पोस्टले ५ हजार रियाक्सन पाएको छ भने ७ सय २३ वटा कमेन्ट र १ सय ८९ पटक सेयर गरिएको छ। ...