बिबिसीमा मेरो जागिर
पत्रकारितामा देखिएको संक्रमणकाललाई सामना गर्दै अगाडी बढिरहने मेरो अठोट । सानैदेखि बिबिसी नेपाली सेवामा काम गर्ने प्रचुर रहर । करिब आधा दर्जन भन्दा बढि संचारमाध्यममा घुलमिल भैसकेको अवस्था । घटना २०७० साल चैत्र १८ गतेको हो । अचानक मेरो सुखका दिनहरु सुरुवात हुने भयो । बिबिसी नेपाली सेवामा काम गर्ने मेरो बाल्यकालको सपना पुरा भएकाले भित्रैदेखि पुलक्कित भएँ । अत्यन्तै खुसी भएँ । बिबिसीमा मेरो जागिर पक्का भएकोमा सबैभन्दा बढि बिबिसी नेपाली सेवाका प्रमूख रविन्द्र मिश्रलाई धन्यवाद दिन मन लाग्यो । उहाँकै कारण मेरो बिबिसीमा जागिर पक्का भएको हो । बिबिसीमा जागिरको सुरुवात गरेको खुसीयालीमा सबैलाई मोबाईलबाट एस्.एम्.एस्. गरेँ । अनि सामाजिक संजाल फेसबुकमा पनि स्टाटस लेखिहालेँ । आजबाट बिबिसी नेपाली सेवामा जागिर सुरु भएको भनेर । स्टाटसबाट नै बिबिसी जस्तो मिडियामा म जस्तोलाई जागिर दिएकोमा बिबिसी नेपाली प्रमूख मिश्रलाई धन्यबाद व्यक्त गरेँ । सबै साथिहरुले स्टाटसमा बधाईको कमेन्ट ओहिरो लगाईदिए । कसैले फोन गरेर बधाई दिए त, कसैले मोबाईलमा समेत एसएमएस गरेर बधाई दिन भ्याए । भित्रभित्रै खुसी लाग्न...