Posts

Showing posts from June 29, 2014

स्कूले साथी

Image
बैकुण्ठ ढकाल फेसबुकको ईनबक्समा कल मि ९८४१...... । सन्देश रहेछ । नाम थर हेरें । चिनिन । प्रोफाईल पिक्चरमा गएपछि, घाम जस्तै छर्लङ भएँ । स्कूले साथी रहिछन । माबिसम्म संगै पढेको, सेक्सन फरक भए पनि । एउटै कक्षा हो भन्ने भने थाहा छ । तर राम्ररी घुलमिल भएको हैन् । बिद्यालय जीबनमा केटीसाथीहरुसंग बोल्न, हाँस्न, खेल्न बर्जित त थिएन । तर खै म गर्लफोबियाबाट ग्रस्थ थिएँ कि, बोल्ने आँट आएन । सामान्य औपचारिकता पूरा गर्नेभन्दा बढि कुराकानी उनीसंग पनि भएन बिद्यालय जीबन भरी नै । फेसबुकमा उनले नाम र थर दुबै फेरेकी थिईन, रोजी सिम्खडा । थर त बिबाह पछि श्रीमानको राखिन होला, नाम चाहिं किन फेरिन, मैले सोधिन । मनमनै सोचे शहर पसेपछि गाउँले नाम, गाउँमै छाडिन । शहरिया हावाले उनको पहिचान बोकेको नाम उडायो । सन्देश प्राप्त भएपछि मैले फोन गरें, परिचय नदिई केहिबेर कुराकानी भएपछि चिनिन–गाउँकी रामकुमारी उर्फ शहरकी रोजी सिम्खडाले । मेरो नाम उही थियो । १२ बर्षपछि खोलो पनि फर्कन्छ भनेको हो रहेछ, स्कूल छाडेको ठ्याक्कै १२ बर्षपछि उनले फेसबुकमा सन्देश छाडिन, ६ बर्षको छोरोलाई साक्षी राखेर । अनि हाम्रो ...