असोज १० र ११ मा हुने कोरियाको ईपिएस भाषा परिक्षाको आवेदन खुल्यो
याद राख्नुपर्ने महत्वपुर्ण १० बुदा ,७ आवदेन स्थलहरु विस्तृत जानरकारी मुलक सूचना सहित काठमाण्डौमा ३ र बाहिर ४ ठाउबाट र सार्वजनिक सूचना सहित काठमाण्डौ उपत्यकामा ३ र बाहिर धरान बुटवल,पोखरा र डडेल्धुराबाट आवेदन दिने व्यवस्था ईपिएस शाखा ग्वार्को , ललिपुरले पाचौं कोरियन (ईपिएस टपिक) (पिविटी) परिक्षाको लागि आवेदन खुल्ला गरेको छ । ईपिएस कार्यलयले एक सूचना मार्फत साउन २८ देखि ३१ गते सम्म काठमाण्डौमा ३ र उपत्यका बाहिर धरान , बुटवल,पोखरा र डडेल्धरा गरि ७ स्थानबाट आवदेन लिने पुरा फाराम भर्ने व्यवस्था गरेको छ । जसमा काठमाण्ठौमा क)काठमाडौंमा च्यासल फुटबल खेल मैदान, बालकुमारी,ललितपुर ख)एक्मी ईन्जिनियरिङ कलेज, सितापाईला , काठमाण्डौ ग)ल्याबरोटरी उच्च माध्यमिक विधालय, कीर्तिपुर (बल्खु) काठमाण्डौ काठमाण्डौ उपत्यका बाहिर घ) धरान ःधरान नगरपालिका वार्ड नं. ८ स्थित धरान सभागृह ङ) बुटवल ः वुटवल नगरपालिका स्थित नेपाल प्रहरी तालिमकेन्द्रको पूर्व तर्फ रहेको वुटवल प्रदर्शन मण्डप, च) पोखरा ः पोखरा उपमहानगरपालिका वडा नं. १६ बाटुलेचौ स्थित बिन...