यस्तो पो रहेछ धादिङ प्रहरीको मुस्कान सहितको सेवा !
टेकमान शाक्य – साँझ पर्न लागेको थियो । सवारी साधनहरु ओहोरदोहोर गर्ने क्रम विस्तारै कम हुँदै थियो । त्यतिखेर नै बाईक लिएर यसो हावा खाने विचार पलायो । बाईक चलाउन त्यति सहज नभैसकेकाले पनि मलाई केहि अझै सिक्नु थियो । सिक्नकै लागि पनि एकजना अनुभवी व्यक्तिको साथ मलाई चाहिएको थियो, पाएँ पनि । अनि साँदभञ्ज्याङतिर हिड्ने विचार लिएँ । मेरो साथमा लिला अंकल हुनुहुन्थ्यो । अंकलसँग बाईक चलाउन आवश्यक सीप सिक्नु थियो । त्यसैले पनि साँझमा सवारीसाधन कम भएको मौका छोपी बाहिर निस्किएको हुँ । चैनपूर गाविस वडा नं.८ लाई पछाडी पार्दै ९ नं. वडातिर प्रवेश गर्दै थियौँ । अचानक मेरो बाईक हिलोमा चिप्लियो । अगाडीको टायर गाडियो । अंकल र म भएर बाईकलाई खाडलबाट बाहिर निकाल्ने कोसिस गर्यौँ । कोसिस गर्दै गर्दा पछाडीबाट मेरो कानमा आवाज बज्रियो– ‘ओई तँ कहाँको गुन्डा होस् ? जाँड खाएर बाईक चलाएको हो कि क्या हो ?’ पछाडी फर्किएँ । करिब आधा दर्जन पुलिस दाईदिदिहरु चढेको पुलिस भ्यान पो रहेछ । मैले सहज रुपमै भनेँ,– ‘ सर म भर्खर बाईक चलाउन सिक्दै छु, हिलोमा चिप्लियो !’ त्यहि आधा दर्जनमध्येबाट नै फेरी फ्याट्ट आवाज ...