कृष्ण सेन ‘इच्छुक’ बाँचेका भए ...
– खेम थपलिया रसियन क्रान्तिले गोर्की र चिनियाँ क्रान्तिले लु सुनजस्तै नेपाली धर्तीमा महान् जनयुद्धले कृष्ण सेन ‘इच्छुक’ लाई जन्मायो । नेपाली धर्तीमा उनले गौरवपूर्ण बलिदान प्राप्त गरे । उनी क्रान्तिकारी आस्थाको रक्षार्थ सदैव प्रेरक भएका छन् । आफ्नै सहयोद्धाको गद्दारीका कारण तत्कालीन सत्ताले २०५९ साल जेठ ६ गते काठमाडौँबाट इच्छुकलाई गिरफ्तारी ग¥यो । करिब एक सातासम्म निर्मम यातना दिएर उनको हत्या गरियो । २०४६ सालको जनआन्दोलन मार्फत जनताको सीमित नै भए पनि हक अधिकार प्राप्त गर्ने आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका इच्छुकको त्यसको रगत–पसिना सुक्न नपाउँदै त्यही कथित प्रजातन्त्रले उनको रगतलाई ठाडो घाँटी लगाएर घटघटी पियो । मध्ययुगीन शैली अपनाएर सीमित प्रजातान्त्रिक अधिकारको घाँटी निमोठ्दै, संवैधानिक व्यवस्थालाई दुरुपयोग गर्दै क्रान्तिकारी योद्धालाई, देश र जनताको आस्था र विश्वासको धरोहर एक होनाहार सांस्कृतिक योद्धालाई हामीले भौतिक रूपमा गुमाएको पनि १३ वर्ष भएछ । तत्कालीन प्रहरी अधिकृत विक्रमसिंह थापाले इच्छुकलाई अत्यन्त निर्मम, अमानवीय र बर्बतापूर्ण यातना दिएका थिए । हिरासतमा उनलाई ...