Posts

Showing posts from April 5, 2014

बाल कार्यक्रम कोपिलाले पारेको प्रभावबारे अनुसन्धान प्रस्तावना

परिचय २०६१ साल मंसिर १८ गतेदेखि राजधानी काठमाडौंबाट प्रशारण आरम्भ भएको नेपालको पहिलो स्वतन्त्र रेडियो नेटवर्क नेपाल एफ्.एम्. नेटवर्कबाट प्रसारित बाल कार्यक्रमको नाम हो, कोपिला । रेन्बो एफ्.एम. प्रा.लि. द्धारा संचालित नेपाल एफ्.एम्.राजधानी काठमाडौंबाट एफ.एम. ब्याण्डको ९१.८ मेगाहर्जबाट सुन्न सकिन्छ । सुरुवातीमा नै १४ वटा एफ्.एम्. रेडियोबाट एकैचोटी समाचार प्रशारण गर्न सफल यस रेडियो नेटवर्कको मातहतमा १ सय २० भन्दा बढि रेडियोहरुको संख्या पुगेको छ । तात्कालिन राजा ज्ञानेन्द्रले शाशन हातमा लिदा समेत निडर पत्रकारीता गर्न सफल नेपाल एफ.एमले २०६२÷६३ को जनआन्दोलनमा पनि महत्वपूर्ण भुमिका निर्वाह गरेको ईतिहास छ । नाफामुखीबाट टाढा रहेर जनताका बास्तविक समस्या, अभावलाई बाहिर ल्याउने र सम्बन्धित निकायलाई घच्घच्याउने काम यो रेडियोले गरेको पाईन्छ । रेडियोबाट प्रशारित सामग्रीले सरकारी कामकाजमा राम्रै काम गरेको उदाहरणहरु छन् । भ्रष्टाचार, अत्याचार, अन्याय, घुसखोरी जस्ता प्रवृत्तीको अन्त्य गर्दै समान अधिकारका लागि बिगतदेखि नै यस रेडियोले कार्य गर्दै आएको पाईन्छ । देशभर संचालित स्वतन्त्र रेडियोहरुसँग सहकार्...

मेरो बारेमा

मेरो नाम टेकमान शाक्य हो । धादिङको चैनपूर गाउँ विकास समिति वडा नं. ८ मा २०४९ साल चैत्र २४ गते बुबा रत्नमान शाक्य र आमा लिलामायाँ शाक्यको कोखबारट मेरो जन्म भएको हो । १७ वर्षको उमेरदेखि धादिङमा रहेको रेडियो विहानीबाट मेरो पत्रकारीता सुरु भएको हो । रेडियो विहानीबाट नै पत्रकारीता गर्न सिकेको हुँ । रेडियो विहानीको औपचारिक कार्यक्रम प्रशारण गर्ने पहिलो व्यक्ति हुँ म । पत्रकारिताकै दौरानमा त्यपछि मैले राजधानीमा रहेको मेरो एफ्.एम् मा काम गरेँ । त्यसपछि रेडियो रियाज ९६.८, गोर्खा एफ्.एम्. ९३ मेगाहर्ज हुँदै वर्तमान अवस्थामा नेपाल एफ्.एम्. नेटवर्कमा आवद्ध छु । संक्रमणकालिन पत्रकारिताको सामना गर्दै अझै संघर्ष गरिरहने मेरो अठोट छ ।

कृषि सहकारीमार्फत पशुपालनमा सुलभ ऋण

Image
काठमाण्डु, २० चैत – नेपाल कृषि सहकारी केन्द्रीय संघले आफ्ना सदस्य संस्थामार्फत ग्रामीण साना किसानलाई सुलभ दरमा ऋण तथा कृषि प्रविधि उपलब्ध गराएर उत्पादनमा जोड दिएको छ । संघले नुवाकोट, धादिङ, काभ्रे, दोलखा, मकवानपुर, चितवनलगायतका ३० भन्दा बढी जिल्लाका २०० साना किसान कृषि सहकारी संस्थामार्फत विशेषगरी पशुपालनलाई केन्द्रित रु चार अर्ब बढीको सुलभ ऋण उपलब्ध गराएको हो । संघका अध्यक्ष खेमबहादुर पाठकले सरकार र विभिन्न बैंक तथा वित्तीय संस्थासँग संघले चार अर्ब ऋण लिएर पाँच प्रतिशतको ब्याजदरमा पशुपालक साना किसानलाई ऋण उपलब्ध गराएको जानकारी दिए । उनले देशलाई मासुमा आत्मनिर्भर र बेरोजगार युवालाई स्वरोजगार बनाउन सो ऋण फलदायी हुने विश्वास व्यक्त गरिन् । संघले आफ्ना सदस्य संस्थाका प्रतिनिधिलाई प्राविधिक रूपमा सबल बनाउनका लागि भारत, श्रीलङ्का लगायतका देशमा तालिमका लागि पठाएको जनाएको छ । त्यस्तै किसानका लागि आवश्यक पर्ने विभिन्न प्रविधिक उपकरण र ज्ञान उपलब्ध गराउँदै आएको छ । सङ्घले सरकारसँग सहकार्य गरेर वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत साना किसानको ९४० घरधुरीमा सोलार जडान गर्न सहयोग गरेको...