मेरो बारेमा
मेरो नाम टेकमान शाक्य हो । धादिङको चैनपूर गाउँ विकास समिति वडा नं. ८ मा
२०४९ साल चैत्र २४ गते बुबा रत्नमान शाक्य र आमा लिलामायाँ शाक्यको कोखबारट
मेरो जन्म भएको हो । १७ वर्षको उमेरदेखि धादिङमा रहेको रेडियो विहानीबाट
मेरो पत्रकारीता सुरु भएको हो । रेडियो विहानीबाट नै पत्रकारीता गर्न
सिकेको हुँ । रेडियो विहानीको औपचारिक कार्यक्रम प्रशारण गर्ने पहिलो
व्यक्ति हुँ म । पत्रकारिताकै दौरानमा त्यपछि मैले राजधानीमा रहेको मेरो
एफ्.एम् मा काम गरेँ । त्यसपछि रेडियो रियाज ९६.८, गोर्खा एफ्.एम्. ९३
मेगाहर्ज हुँदै वर्तमान अवस्थामा नेपाल एफ्.एम्. नेटवर्कमा आवद्ध छु ।
संक्रमणकालिन पत्रकारिताको सामना गर्दै अझै संघर्ष गरिरहने मेरो अठोट छ ।
Comments
Post a Comment