बाबुरामको समानान्तर समितिले प्रचण्डमा भुकम्प
समानान्तर समिति गठन गर्ने भट्टराई पक्षलाई कारबाहि गर्ने संस्थापन पक्षको चेतावनी, कारबाहि अघि बढाईए देशैभर समानान्तर समिति गठन गर्ने भट्टराई पक्षको चुनौती । बिराटनगरको राष्ट्रिय सम्मेलनबाट आगो भएर संस्थापन पक्षको बिरोधमा उत्रिएको एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले केहि जिल्लामा समानान्तर समिति गठन गरेको छ । भट्टराईको व्यबहारप्रति वाक्क दिक्क बनेको संस्थापन पक्षले भने समानान्तर समिति निर्माण कार्य ८ बुँदे सहमती बिपरित भएको भनद्यै कारबाहि गर्ने बताउँदै आएको छ । संस्थापन पक्षको कारबाहि गर्ने चेतावनीले भट्टराई पक्ष झनै जुर्मुराएर त्यसको बिरोधमा देशैभर समानान्तर कमिटि बनाएर देखाउने चुनौती दिएको छ । पार्टीभित्रको अस्वस्थ अन्तरसंघर्षको समाधानका लागि भने कुनै पहल अघि बढेको छैन । २०७१ साल आषाढ २३ गतेको एक रिपोर्ट Listen Report Dowlnoad Reoprt