Posts

Showing posts from August 28, 2013

फेसबुकमा एल्बम शेयर गर्न सकिने

Image
फेसबुकले अनलाइन फोटो एल्बम शेयर गर्न सकिने सेवा सुरु गरेको छ । यो सेवासँगै अब फेसबुकेहरुले फेसबुकमा आफ्ना साथीको साझा अनलाइन एल्बम बनाएर तस्वीर शेयर गर्न सक्नेछन् । फेसबुकका अनुसार यो सेवाको उपभोग गर्दै फेसबुक प्रयोगकर्ताहरुले समूह तयार गरी साझा एल्बम तयार पार्न र त्यसमा विभिन्न महत्वपूर्ण क्षणमा एक अर्काले खिचेका एकै सन्दर्भका तस्वीरलाई एकठाउँमा संग्रह गरी साथीहरुबीच शेयर गर्न सकिनेछ । यसले साथीहरुबीच सरोकारका तस्वीर अनलाइन मार्फत एकैचोटी शेयर गर्न तथा तस्वीरहरुलाई विशिष्टीकरण गर्न सहज हुने फेसबुकको दाबी छ । यस्तो साझा अनलाइन एल्बममा १० हजार वटासम्म तस्वीर अट्नेछन् । जबकी फेसबुकमा यसअघि निजि फोटो एल्बममा केवल १ हजार वटासम्म मात्र तस्वीर अपलोड गर्न सकिन्थ्यो । फेसबुकका दिनहुँ करोडौँ तस्वीर अपलोड हुने गरेको सन्दर्भमा फेसबुके साथीहरुबीच तस्वीर शेयर गर्न अझै सजिलो होस् भन्ने उद्देश्यले शेयर्ड फोटो एल्बमको सेवा सुरु गरेको फेसबुकको भनाइ छ । यो फोटो एल्बम शेयर गरिसकेपछि त्यसरी शेयर गरिएकाहरु हरेकले त्यसमा तस्वीर थप्न, संसोधन गर्न, ट्याग गर्न सक्नेछन् । यद्यपि अहिलेको...

अनलाईनको प्रभावले बढ्दै छ आर्थिक सहयोग

Image
टेकमान शाक्य,...आमाको मनले सन्ततीको कुभलो चिताउने काम गर्न मान्दैन होला सायद । उनीहरुका लागि प्राण त्याग्न पछि नपर्ने आमालाई कहिल्यै पनि रिण तिर्न सकिँदैन भन्ने चलन समेत छ । सायद सबैका लागि बच्चाका लागि आफ्नो आमा र आमाका लागि आफ्नो बच्चा संसारको अमूल्य नै लाग्दछ । तर कुनैबेला जन्मदिने आमा नै महाराक्षस भएर खडा हुँदोरहेछ । छोराछोरीको खिन्नतामा आफ्नो मनलाई खुम्च्याउने आमाले आफ्नै बच्चाको भविश्यमा कालो बादल लगाईदियो भन्दा पत्यार नलाग्ला । आमाले नै बच्चाको माशु लुस्ने काम ग¥यो भन्दा गफ हुन सक्ला । सबैलाई यो भनाईले एक फोरा हाँसो पनि आउन सक्ला पत्यार नलागेर । तर कत्तिपय समयमा असम्भव कुराहरु पनि पत्याउनुपर्दो रहेछ । घटना धादिङ जिल्लाको हो । आफ्नै आमा बिलकुमारीको हातबाट ३ महिने दिलकुमारीले दुबै खुट्टा गुमाउन पुगेकी छिन् । आफ्नै आमाले शिशुको दुबै खुट्टा अचानोमा राखेर काटिदिएको भन्ने खबर सत्य हो । कुरा २०७० साल आषढ २५ गतेको हो । ढोला नं. २ तीनघरेकी बिलकुमारीले आफ्नै छोरीको दुबै खुट्टा छिनाएर गाउँमा भन्दै हिँडेकी थिईन् । त्यतिमात्र होईन बिल...