दुई संस्कृतीको विवाहले निम्त्याएको कौतुहल
गाउँमा सबैको प्रिय । धार्मिक हिसाबले क्रिस्चियन । परिवारका अन्य टेकमान शाक्य । सदस्य भने हिन्दु । विहान सुतिरहेको थिएँ । मोबाईलमा घण्टी बझ्यो । फान रिसीब गरेँ । उताबाट आवाज आयो,–“बाबु घर कहिले आउने ? मेरो बिहे १८ गतेका लागि फिक्स भयो जसरी पनि आउनुपर्छ है ! घरतिर पनि यसो चाँजोपाँजो हेर्नुपर्ला ।” गोविन्द अंकलको मात्र होईन उहाँको बहिनी या भनौँ निनी हिराको पनि एकैचोटी विहे हुन लागेको रहेछ । मनमा खुलदुली सुरु भयो । क्रिश्चियन धर्ममा आवद्ध अंकलको बिहे कसरी हुन्छ होला भन्ने । कहिल्यै पनि नदेखिएको क्रिस्चियन विवाह हेर्नका लागि अहिल्यै नै घर जाउँ जस्तो लाग्यो । तर पेशाले पत्रकारीता गर्ने भएकाले पनि भन्ने वित्तिकै जान पाउने अवस्था थिएन । अंकलको बिहेका लागि नै म १७ गते धादिङ गएँ । चर्चमा सामग्रीहरुको सज्जावट मिलाउनुपर्ने भएकाले घर जानेबित्तिकै आफुले सक्ने केहि सहयोग गर्ने प्रयास गरेँ । धेरै दिनपछि घर गएकोले पनि सोचेजस्तो सहयोग गर्नमा भने असमर्थ रहेँ । कारण सबैसँग हात मिलाउँदै अभिनन्दन गर्नमा नै व्यस्त हुन्थेँ । लामो अन्तरालपछि भेट भएको समयमा पनि हाई हेल्लो नगरे साथिहरु रिसाउने पो ह...