Posts

Showing posts from May 3, 2014

पत्रकारहरुको बाध्यात्मक स्थिति

नेपाल पत्रकार महासंघको २४ औँ राष्ट्रिय महाधिवेशन राजधानीमा जारी, ब्यवसायिक सुरक्षाबाट बन्चित हुनुपर्ने पत्रकारहरुको बाध्यात्मक स्थिति नयाँ नेतृत्व चयन गर्दै पत्राकारीतालाई व्यबसायीक बनाउनका लागि राजधानीमा नेपाल पत्रकार महासंघको २४ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । महासंघको नयाँ नेतृत्वका लागि बाम शक्तिहरुको तर्फबाट प्रेस चौतारीका महेन्द्र बिष्ट तथा नेपाली काँग्रेस निकट प्रेस युनियनको तर्फबाट पोषण केसीको प्यानलले उमेदवारी दर्ता गराएका छन् । महासंघको नयाँ नेतृत्वका लागि दुबै समूहले व्यबसायीक पत्रकारितालाई विशेष जोड दिएका छन् । पत्रकार महासंघको २४ औँ राष्ट्रिय महाधिवेशनको अवसरमा २०७१ साल बैशाख २० गते तयार पारिएको रेडियो रिपोर्ट । Listen Report                          Download audio report                  Download script

विविधताका विषयमा नीति बनाउँदा प्राथमिकता दिन आदिवासी जनजातीको आग्रह

भुमी, बन र प्राकृतीक स्रोतमा बढि घुलमिल हुनुपर्ने बाध्यताले त्यसको प्रत्यक्ष असर आफुहरुले भोग्नुपरेको आदिवासी जनजातीको भनाई, प्रकृती संरक्षण, बन, जैविक विविधताका विषयमा नीति बनाउँदा विशेष प्राथमिकता दिन आग्रह । नेपालका अधिकाँस आदिबासी जनजातीहरु कृषीमा आधारित छन् । उनीहरु प्राकृतीक स्रोत, बन, भुमिमा नै रमाउँदै आफ्नो दैनिकी गुजारिरहेका हुन्छन् । त्यसो त नेपालका अन्य समूदाय पनि कृषिमा नै आधारित छन् । उनीहरुको संख्या न्युन छ । हरेक प्राकृतिक स्रोत साधन उपयोगमा आदीबासी जनजाती नै अग्रसर भएको देखिन्छ । त्यसैले तुलनात्मक रुपमा आदाबासी जनजातीमा प्रत्यक्ष प्रभाव देखिनु स्वभाविकै हो । यिनै आदीबासी जनजातीहरुको जिवन निर्वाह गर्ने मुख्य आधार संकट पर्दै जानाले सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । २०७१ साल बैशाख १९ गते तयार पारेको एक रिपोर्ट Download report          Listen report           Download script