Posts

Showing posts from August 22, 2014

हेलो सरकार हेलोमा मात्रै

Image
जनताको खुनासो सुन्ने हेलो सरकार हेलोमा मात्रै सिमीत, विभिन्न बहाना बनाउँदै कमजोरी लुकाउँदै कुनै सार्वजनिक या सरकारी निकायबाट असन्तुष्टी भएमा सिधै सरकारलाई गुनासो गर्ने माध्यम हेलो सरकार छ । हेलो सरकार जनताका समस्या सुन्नका लागि भन्दै तात्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा ल्याईएको अभियान हो । तर हेलो सरकारमा गुनासो टिपाउनका फोन ग¥यो भने कर्मचारीहरुले त्यतिकै टार्ने गरेको पाईएको छ । सम्बोधन भैहाले पनि १–२ महिनापछि हुने भएकाले यसले पछिल्लो समय खासै प्रभाव पारेको देखिदैन । यस्तै गुनासाहरु आउन थालेपछि हामीले ११११ मा फोन डायल ग¥यौँ । तर हेलो सरकारका कर्मचारीहरुको आफ्नै पारा देखाए । कहिले फोन उठाएर राख्दिन्छन्, त कहिले ब्यस्त बनाएर । २०७० सालको अन्तिममा बनाएको रेडियो रिपोर्ट Download Report                     Listen Report