Posts

Showing posts from September 7, 2014

भ्रष्टाचारीले आजिवन चुनाव लड्न नपाउने

Image
नयाँ संविधानमा भ्रष्टाचारीले आजिवन चुनाव लड्न नपाउने प्रावधान राख्न दलहरु सहमत, महाअभियोग लगाएर हटाइएका पदाधिकारी सार्वजनिक पदमा बस्न नपाउने प्रावधान राखिने राजनीतिक दलहरुबिच भ्रष्टाचार लगायत गम्भिर अभियोग लागेका व्यक्तिहरु निर्वाचनमा लड्न नपाउने विषयमा सहमत भएका छन् । दलहरुको सहमतीसँगै यसलाई सकरात्मक समर्थन सँगै संकाको दृष्टीले समेत हेर्न थालिएको छ । अनुसन्धान र अदालतिय पक्षले निष्पक्षता देखाएमा निर्णयले सार्थकता पाउने र त्यसो हुन नसकेमा अराजकता उत्पन्न हुन सक्ने भन्दै विश्लेषण सुरु भएको छ । २०७१ साल भदौ १८ गते तयार पारिएको रेडियो रिपोर्ट Download Report          Listen Report

जी टू जी मोडलमा नेपाली कामदार ईजरायल जान पाउने

Image
जी टू जी अवधारणाबाट नेपाली कामदार पठाउन नेपाललाई ईजरायलको प्रस्ताव, दक्षिण कोरियापछि दोस्रो गन्तव्यका रुपमा कामदार पठाउन दुई देशबिच सम्झौता हुँदै । राम्रो आम्दानी गर्ने सम्भावना देखेपछि सरकारले दक्षिण कोरियामा जस्तै ईजरायलमा पनि नेपाली कामदार पठाउने तयारी गरेको छ । जी टू जी अवधारणाबाट नेपाली कामदारहरुलाई ईजरायल पठाउनका लागि नेपालले यहि सेप्सेम्बरमा सम्झौतामा हस्ताक्षण गर्दै छ । सरकारी तवरबाट नै बैदेशिक रोजगारका लागि ईजरायल जान पाउने सरकारको दोस्रो प्रयासले युवाहरु जोखिममा पर्ने सम्भावनाबाट मुक्त हुने देखिन्छ । २०७१ साल भदौ ८ गते तयार पारिएको एक रिपोर्ट Listen Report           Download Report