Posts

Showing posts from August 4, 2014

बैदेशिक रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरिया

Image
दक्षिण कोरिया, नेपालीहरुका लागि आकर्षक बैदेशिक रोजगारीको गन्तव्य, असोज १० र ११ गते हुने पाँचौ ईपीएस भाषा परीक्षाको आवेदन फारम खुल्ला । बैदेशिक रोजगारीका आकर्षक गन्तव्य दक्षिण कोरियामा जानका लागि असोज १० र ११ गते हुने पाँचौ ईपीएस टपिक भाषा परीक्षाको आवेदन यहि साउन २८ देखि ३१ गतेसम्म खुल्ला हुँदै छ । भाषा परीक्षा नजिकिएसँगै नेपाली युवाहरु त्यसको तयारीमा डटेर लागेका छन् । परीक्षा पास गर्दैमा कोरिया जान पाउने भन्ने ग्यारेन्टी नभएपनि राम्रो आप्दानीको लालचमा युवाहरु त्यसतर्फ आकर्षित भएका पाईन्छन् । २०७१ साल साउन १९ गते तयार पारिएको रेडियो रिपोर्ट ।           Listen Report           Download Report

मोदिले नेपालको व्यबस्थापिका संसदमा दिएको सम्बोधनको सम्पादित अंश

Image
नेपाललाई संसारले हेरिरहेको छ- नरेन्द्र मोदी, प्रधानमन्त्री, गणतन्त्र भारत म नेपालमा आउन पाएको अत्यन्तै हर्षित छु । धेरै–धेरै वर्षअघि एक पथिक यात्रु तीर्थालुको रूपमा म यहाँ आएको थिएँ । यो भनाइ कि एकपटक तपाईले नेपालको भ्रमण गर्नुभयो भने यो जीवनपर्यन्त सम्बन्धमा बदलिन्थ्यो । प्रथमतः यो सुन्दर देशको साथीको रूपमा म फेरि फर्केर आएको छु । प्रधानमन्त्रीको हैसियतमा पुनः आउन पाउँदा वास्तवमा मैले भाग्यशाली महसुस गरेको छु । यो यस्तो यात्रा थियो, जुन म प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गर्ने बित्तिकै गर्न चाहन्थेँ किनकि हाम्रो नेपालसँगको सम्बन्ध मेरो सरकारको उच्चतम प्राथमिकतामध्ये हो । निमन्त्रणा गर्नु भएकोमा म सरकार र नेपालका जनतालाई धन्यवाद दिन चाहन्छु । मसँगै एक सय २५ करोड भारतीय जनताको माया, शुभकामना र सद्भावना लिएर आएको छु । तपाईं कल्पना गर्न सक्नुहुन्छ कि भोलि मेरो लागि कति गर्वको कुरा हो न कि तपाईंको संसद्मा म पहिलो पाहुना हुँ, जसलाई तपाईंले बोलाउनुभयो । सम्बोधन गर्ने अवसर दिनुभयो । यो सम्मान नरेन्द्र मोदी र भारतीय प्रधानमन्त्रीको मात्र होइन, सवासय करोड भारतीयको सम्मान हो । म यसका लाग...