Posts

Showing posts from June 4, 2014

नेता र नरिवल........

Image
यो देश चतुरेहरुको मात्र रहेछ । जालझेल गर्नेहरुको मात्र रहेछ । अनि नौटकी नाटक गर्नेहरुको रहेछ । यहाँ तँ कराई राख, म गर्दै जान्छु भन्नेहरु मात्र निर्णयकर्ता भनौँदा व्यक्तिमा खडा भएका छन् । गरेको निर्णयलाई वेअर्थमा परिणत गर्नमा उनिहरुलाई कसैले सक्दैनन् । परिक्षा नै लिने हो भने विशिष्ट श्रेणि नै प्राप्त नगर्ला भन्न सकिन्न । यहाँ गुलामी गर्नेहरुको लागी हुकुमी छ, खवरदारी गर्नेहरुको लागी लाठि छ । जसको शक्ति उसको भक्ति भनेझैँ सक्नेले जे पनि गरेका छन् । नसक्नेले रुन पनि अनुमति माग्नुपपरेको छ । यो देशमा यति धेरै असमानता आउनुमा सबैभन्दा बढि दोष निणयकर्ताहरुलाई नै जान्छ । हरौटे र भगौटेहरुले चलाएको देश हुन पनि कस्तो होस् । यस्तो हुनुमा उनिहरुको केहि दोस छैन । सबै दोष छ त, हाम्रै दोष छ । बाँदरलाई नरिवल राख्न दिएर नै हामिले गल्ति गरेको ठान्नुपर्छ । यदि हामिले मान्छेलाई नरिवल राख्न दिएको हो त, आज त्यसको ब्याज सहित हामिले प्राप्त गरिसकेका हुन्थ्यौँ होला । बुढापाकाले यो उखान त्यसै बनाएका रहेनछ्, बाँदरको हातमा नरिवल भनेर । आज बल्ल घामझैँ छर्लङ्ग भएको छ, हामी आफै गल्ति रहेछौँ भन्ने कुरा । आज गरेको कुर...