Posts

Showing posts from April 10, 2014

कर छली गर्दै व्यापारीहरु

Image
दैनिक लाखौँको कर छली गर्दै व्यापारीहरुले ग्राहकलाई भ्याट बिल दिदैनन्, दिईहालेपनि की साधारण, की त प्यान बिलमा नै टार्छन् ................. होलसेल ब्यबसायीहरुले सरकारसँग कर छली गर्दै ग्राहकलाई भ्याट बिल नदिने गरेको पाईएको छ । सामान किनेको प्रमाणस्वरुप उनीहरुले भ्याट बिलको बिकल्पमा साधारण बिल दिने गर्दछन् । दिईहाले पनि प्यान बिलमा नै टार्छन् । भ्याट बिल दिएमा सरकारलाई १३ प्रतिशत कर बुझाउनुपर्ने भएकाले २० लाख भन्दा बढि कारोबार गर्ने व्यबसायीहरुले कर छली गरेपनि सरोकारवाला निकाय भने मौन छ । एक रिपोर्ट । listen      download youtube

सत्यनिरुपण विधेयकको विरोधमा मानवअधिकारकर्मीको धर्ना

२७ चैत, काठमाडौं । सरकारले संसद सचिवालयमा दर्ता गरेको सथ्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगसम्बन्धी विधेयकको विरोध जनाउँदै मानव अधिकार कर्मी एवं द्वन्द्वपीडितले सिंहदरबारको दक्षिणी गेटमा विहीबार अपरान्ह धर्ना कार्यक्रमको आयोजना गरेका छन् । सरकारद्वारा प्रस्तुत विधेयकमा आममाफीको प्रावधान राखिएको भन्दै चरण प्रसाई, दिनेश त्रिपाठीलगायतका मानवअधिकारकर्मी एवं वकिलहरुले धर्नाको आयोजना गरेका हुन् ।