सत्यनिरुपण विधेयकको विरोधमा मानवअधिकारकर्मीको धर्ना
२७ चैत, काठमाडौं । सरकारले संसद सचिवालयमा दर्ता गरेको सथ्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगसम्बन्धी विधेयकको विरोध जनाउँदै मानव अधिकार कर्मी एवं द्वन्द्वपीडितले सिंहदरबारको दक्षिणी गेटमा विहीबार अपरान्ह धर्ना कार्यक्रमको आयोजना गरेका छन् ।
सरकारद्वारा प्रस्तुत विधेयकमा आममाफीको प्रावधान राखिएको भन्दै चरण प्रसाई, दिनेश त्रिपाठीलगायतका मानवअधिकारकर्मी एवं वकिलहरुले धर्नाको आयोजना गरेका हुन् ।
Comments
Post a Comment