विहानी भाकाले विहानीदेखि एन एफ एम सम्म
टेकमान शाक्य । सानैदेखि २ क्षेत्रमा अत्यन्तै धेरै रुची । गणित शिक्षक र पत्रकार मध्ये एउटा बनेरै छाड्ने अठोट । यी दुई क्षेत्र भन्दा अन्यमा मेरो ध्यान कहिल्यै पनि गएन । अहिले भने समयको मागले पनि हुन सक्छ, व्यबसायीक कृषक बन्ने ठूलो ईच्छा छ । आर्थिक कारण त्यसलाई सुरुवात गर्न सकेको अवस्था भने होईन । कुनै निकायको सहयोग पाएमा आफ्नो भिजन प्रयोग गर्ने सुरमा छु । गणित शिक्षक, जसको छुट्टै कथा छ । कक्षा ५ सम्म साँझभञ्ज्याङको सिमलगैरी प्राथमिक विद्यालयमा पढेको हुँ । अहिले चाँहि निमाबि भैसक्यो । कक्षा ३ मा पढ्दाको एउटा घटना छ । उहाँले पनि भुलिसक्नुभयो सायद । कविता मिसले गणित पढाउनुहुन्थ्यो । कक्षामा बारम्बार भनिरहनुहुन्थ्यो,–“कुनै हिसाव नआएमा मलाई सोध्नु, जुनसुकै बेलामा सिकाउन तयार छु ।” मिसले त्यसरी भन्नुभए पनि कहिल्यै “हिसाब सिकाईदिनु” भन्न जान्न थिएँ । एकदिन आँट गरेर नै नजानेको हिसाव सोधेँ । उहाँले मलाई मायालु पाराले बुझाउन थाल्नुभयो । मैले बुझिन । फेरी बुझाउने प्रयास गर्नुभयो । तर फेरी बुझिन । ३ चोटीसम्म बुझाउने उहाँको प्रयास असफल भयो । बारम्बार नबुझेको भन्ने भनाईले मिसलाई बहाना जस्तो...