रक्तदानमा कलाकारको सक्रियता
चलचित्र कलाकार संघले समाजसेवामा आफ्नो क्रियाशिलतालाई अगाडि बढाएको छ । नवल खड्काको नेतृत्वमा रहेको कलाकार संघले आज काठमाण्डौको मुटु मानिने रत्नपार्कको शान्ती वाटिकामा रक्तदान कार्यक्रम आयोजना गरेको हो । यो अभियानमा ६८ जनाले रक्तदान गरेका छन् । रक्तादन गर्न संघकी सदस्य नायिका सुमिना घिमिरेदेखि अभिनेत्री रुपा रानासम्म पुगेका थिए । सुमिनाले जीवनमै पहिलो पटक रक्तदान गरेको बताइन् । यता रक्तदानमा सधै अगाडि हुने नायक धिरेन शाक्यले यसपटक पनि पहिलो नम्बरमा आफ्नो रगत दान गरेका छन् । यो अभियानमा दर्शकले पनि कलाकारलाई साथ दिएका थिए ।