दोस्रो गजल
विभेदी यो संसारमा, आफ्नो जीवन बेक्कार लाग्यो नयनबाट बर्षा झर्दा, आफ्नो भन्ने धिक्कार लाग्यो । मरुँ भने सत्रु हाँस्ने, बाँचु धरतीको बोझ, यस्तै रैछ मेरो जीवन, थलो चित्कार लाग्यो । मनको बह मनैभित्र, कहने पो कसलाई हो र, आफ्नो भन्ने पराई भयो, गुपचुप हितकार लाग्यो । जन्मथलो कमएथलो, सबै गर्छन् आफ्नै भलो, अथ्र्याउँदा आफैँलाई, रोदनको गितकार लाग्यो । एक्लै हिँड्छु, एक्लै बोल्छु, एक्लै बाँच्छु नाच्छु पनि, संसारको नै पृथक बन्न, पागलपन नै स्वीकार लाग्यो । मेरो भन्ने पराई भए, पराई भन्ने बिलाई गए, सबै सबै टाढा भए, आफु सबको सिकार लाग्यो । २०७०–१२–२४