दोस्रो गजल

विभेदी यो संसारमा, आफ्नो जीवन बेक्कार लाग्यो
नयनबाट बर्षा झर्दा, आफ्नो भन्ने धिक्कार लाग्यो ।

मरुँ भने सत्रु हाँस्ने, बाँचु धरतीको बोझ,
यस्तै रैछ मेरो जीवन, थलो चित्कार लाग्यो ।

मनको बह मनैभित्र, कहने पो कसलाई हो र,
आफ्नो भन्ने पराई भयो, गुपचुप हितकार लाग्यो ।


जन्मथलो कमएथलो, सबै गर्छन् आफ्नै भलो,
अथ्र्याउँदा आफैँलाई, रोदनको गितकार लाग्यो ।

एक्लै हिँड्छु, एक्लै बोल्छु, एक्लै बाँच्छु नाच्छु पनि,
संसारको नै पृथक बन्न, पागलपन नै स्वीकार लाग्यो ।

मेरो भन्ने पराई भए, पराई भन्ने बिलाई गए,
सबै सबै टाढा भए, आफु सबको सिकार लाग्यो ।
 



२०७०–१२–२४

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?