Posts

Showing posts from May 13, 2015

विनाशकारी भूकम्पको सन्त्रास कहिलेसम्म ?

Image
टेकमान शाक्य, १२ वैशाखमा गएको विनाशकारी भूकम्पको सन्त्रास करीब मत्थर हुँदै थियो । बस्न हुने घरहरुका व्यक्तिहरु आफ्नो घर फर्किसकेका थिए । उद्धार र राहत कार्यको देश दौडाहमा सरकार र राजनीतिक दल सहित विभिन्न सरकारी तथा गैर–सरकारी संस्थाहरु थिए । अब त विनाशकारी भूकम्प आउँदैन भनेर टिप्पणी गर्नेहरुको बिगबिगी बढ्यो । भूकम्प आउँदै छ भनेर हौवा फैलाउनेहरुलाई खोरमा जाक्न पुलिस प्रसासन सफल भयो । मनोवैज्ञानिक रुपमा केही राहतका लागि भएपनि देशभरका विद्यालयहरु जेष्ठ १ गतेदेखि संचालन गर्ने भनियो । तर, सबै–सबैको मस्तिष्क खलल पार्दै १८ दिनपछि भूकम्पको ठूलो धक्का महसुस भयो । अचम्म त के भनेनी, १२ वैशखमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको ठिक १८ दिनपछि १२ मे तारिखमा त्यहि समय अर्थात मध्यान्ह १२ देखि १ बजेको बिच पारेर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गयो । भूगर्भविदको कुरालाई कसरी पत्याउने ? पछिल्लो समय ४ देखि ५ रेक्टर स्केलको मात्रै भूकम्पहर सयौँ संख्यामा गैरहेको थियो । त्यसलाई १२ वैशाखमा गएको विनाशकारी भूकम्पको पराकम्पन भनियो । अब ठूलो भूकम्प नआउने भूगर्भविदहरुले...