८२० अंकमा पुग्यो नेप्से, साढे ३६ करोडको कारोबार
१० बैशाख काठमाडौं । बुधबार नेप्से परिसूचक ४.९१ अंकले बढेर ८२०.३८ अंकमा पुगेको छ । मंगलबार पनि नेप्से ७.३७ अंकलेब ढेको थियो । अघिल्लो हप्ता सुस्ताएको नेप्से यो हप्ताको मध्यदेखि उल्लेख्यरुपमा बढ्दै आएको छ । बुधबार १ सय ३१ कम्पनीका ५ लाख ६८ हजार कित्ता सेयर ३३ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको छ । विगतका दिनहरुमा भन्दा यो दिन कारोबार रकम पनि बढेको हो । वितेका हप्ता/दश दिनमा नेप्सेमा २८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थिएन । यो दिन जलविद्युत् र अन्य समूहबाहेक सबै समूहगत परिसूचक माथि उक्लिएका छन् । जलविद्युत समूहको परिसूचक १.५६ अंकले घटेको छ भने अन्य समूहको ७.०५ अंकले घटेको छ । यो दिन बैंकिङ समूहको २.३, होटल समूहको ८२.७१, विकास बैंक समूहको १.३३, वित्त कम्पनी समूहको २.२१, बीमा समूहको ६०.४७ र म्यानि फ्याक्चरिङ समूहको परिसूचक ६१.३४ अंकले बढेको छ । यो दिन नेपाल लाइफ इन्स्योरेन्स, चिलिमे हाइड्रोपावर, नेसनल लाइफ इनस्योरेन्स, लाइफ इनस्योरेन्स कर्पोरेसन, नेपाल इनस्योरेन्सको सबैभन्दा धेरै कारोबार भयो । बुधबारको कारोबारबाट मातृभूमि विकास बैंक, कास्की फाइनान्स, कृषि विकास बैंक,...