ठूलो नेता बन्ने घमण्डले पार्टी खुम्चियोः श्रेष्ठ

Narayankajiललितपुर, वैशाख १० - एमाओवादी नेता नारायणकाजी श्रेष्ठले ठूलो नेता बन्ने घमण्डले संविधानसभामा पार्टी खुम्चिएको बताएका छन् ।
एमाओवादी ललितपुरको आठौं जिल्ला सम्मेलन बुधबार उद्‌घाटन गर्दै उनले ठूलो नेता बन्ने घमण्डले जनइच्छाअनुसार काम नगदा पार्टी खुम्चिन पुगेको बताए । उनले ठूला नेता भाषणा गरेर नहुने भन्दै जनताबाट अनुमोदन गरेर पार्टीको नेतृत्व चयन गर्ने जानकारी दिए ।
श्रेष्ठले एमाओवादीका पुराना सबै रणनीति फेल खाएको टिप्पणी गरे । 'शान्ति प्रक्रियामा आएपछिका सबै रणनीति बेकार भएका छन्,' उनले भने, 'पार्टीलाई नराम्रो धक्का लाग्यो ।'
श्रेष्ठले पार्टीका नीति तथा कार्यक्रमबारे समीक्षा गर्ने अवस्था आएको बताए । उनले समयानुकुल पार्टीलाई परिवर्तन नगर्ने 'सिद्धिने अवस्था आउने' बताए ।

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?