Posts

Showing posts from March 22, 2014

झुटको खेतीमा राधिकाको रझाईँ

Image
पछिल्ला वर्षहरुमा बैदेशिक रोजगारीका लागि नेपालीको मुख्य गन्तव्य मलेसिया बन्न पुगेको छ । अन्य देशमा भन्दा श्रमका तथा हावापानीको सहज वातावरण भएकाले पनि नेपाली युवाहरु मलेसियालाई रोजगारीको मुख्य गन्तव्य बनाउने गरेको पाईन्छ । बैदेशिक रोजगार विभागको तथ्याङ्कमा नै हेर्ने हो भने, आर्थिक वर्ष २०७०–७१ को माघ मसान्त सम्ममा सबैभन्दा बढि मलेसियामा १२ हजार ५ सय ५७ जना नेपाली कामदार श्रमका लागि पुगेका छन् । आर्थिक वर्षको माघ मसान्तसम्ममा बैदेशिक रोजगारीका लागि ३७ हजार २ सय ८५ जना नेपाली युवाहरु विदेशिएका छन् । विभागको तथ्याङक अनुसार मलेसियामा श्रमका लागि सबैभन्दा बढि पुरुष १२ हजार १ सय ५ तथा महिला ४४२ जना गएका छन् । श्रम गर्नका लागि मलेसिया नै मुख्य गन्तव्य बनाएका नेपालीहरुलाई विदेश पठाउने भन्दै चोक चोकमा ठगुवा म्यानपावर कम्पनीको बिगबिगी बढ्दो छ । जतिसुकै कष्टलाई सहेर विदेश हानिन बाध्य उनीहरु ठगी म्यानपावरको जालोमा पर्नुपर्ने बाध्यात्मक स्थितिको अन्त्य हुन सकेको छैन । विदेश पठाउने नाममा म्यानपावर कम्पनीहरुले नाम चलेको पत्रिकामा आकर्षण तलब देखाएर कम मुल्यमा विदेश जाने अवसर भन्दै विज्ञापन छपाउने क्र...