Posts

Showing posts from June 17, 2015

असार १० गतेको दाता सम्मेलन र उब्जिएका आशंकाहरु !

Image
विनाशकारी भूकम्पपछिको पराकम्पन आउने क्रम अझै रोकिएको छैन । विस्तारै मनस्थिति सकारात्मक बन्दै गैरहेपनि अझै पराकम्पनको झड्काले ढुक्क सँग सुत्न जनता सकिरहेका छैनन् । भूकम्पको त्रासदी साम्य नहुँदै नेपालीले अर्को प्राकृतिक प्रकोप बाढी पहिरोको जोखिम मोल्नुपरेको छ । ताप्लेजुङको पहिरोले ठूलो मानविय क्षति गरायो । यसले अब यो वर्ष धेरै पहिराहरु जने आँकलन सुरु भैसकेको छ । शक्तिशाली भूकम्पलले जमीन कमजोर बनेकाले वर्षा लाग्नै वित्तिकै आम सर्वसाधारण झनै त्रासदी जीवन बिताउनुपर्ने देखिन्छ । प्राकृतिक प्रकोपबाट पीडितहरुका लागि सहयोग जुटाउन भन्दै सरकारले आषाढ १० गते राजधानीमा अन्तर्राष्ट्रिय दाता सम्मेलन गर्दै छ । दाता सम्मेलनले पुनः निर्माणमा निक्कै ठू सम्मेलनका लागि सरकारले दातृ निकायहरुलाई निम्ता दिने काम पनि गरिसकेको छ । लो सहयोग पुर्याउने सरकारको अपेक्षा छ । घर न घाटमा पुगेका आम प्राकृतिक प्रकोपबाट पीडितहरुका लागि भौतिक देखि अन्य पक्षको पुनर्निमाणमा सहयोग गर्ने सरकारी उदेश्य अनुरुप दाता सम्मेलनको तयारी गरिएको हो । विभिन्न देशहरुले सहयोगको प्रतिवद्धता पनि जनाईसकेका छन् । तर, करिब १ हप्...

आउँछ भन्दा पत्याउनेले, आउँदैन भन्दा किन पत्याउँदैन ?

गाडीमा थिएँ । ड्राईभरले गाडी छाडेर हाम फालेर भाग्यो । कोचाकोच गर्दै हाम्रो यात्रा त्यो गाडी मार्फत थियो । उकुसमुकुस भएपनि यात्रा जसरी पनि गर्नैपर्ने बाध्यता थियो । ड्राईभरले गाडी ह्वात्त छाडेर भागेको देखेर म छक्क परेँ । कत्तै झगडा पो पर्न लागेको हो की ? भन्ने पनि लाग्यो । झ्यालको स्यानो प्वालबाट हेरेँ । सबै मानिसहरु हल्लीखल्ली गर्दै सडकमा उत्रिरहेका थिए । १२ गते शनिबार मध्यान्ह १२ बजे सोल्टीमोड पुगेको थिएँ म । सबै आयो आयो….भन्दै थिए । तर के आयो मलाई त्यतिन्जेलसम्म केही थाहा नै भएन ।  गाडीबाट भुँईमा झरेँ । बल्ल पो थाहा भयो की, भुँईचालोको कम्पनले पो मानिसहरुलाई अत्यास पारिरहेको रहेछ । कारण, गाडीमा हुँदा गाडी आफैँ हल्लिने भएकाले पनि त्यो कम्पनको महसुस मैले गर्न पाईन । म पनि अत्तालिएँ । बीच सडकमा पुगेर एकजना दिदीलाई समाउन पुगेँ । मलाई पनि पछाडीबाट खै कसले हो च्याप्प समाउदै थियो । आवाज सुनेँ भैले,–‘राम राम राम….।’  एकैछिनमा पारिपट्टीको पर्खाल गर्ल्यामगुर्लुम्मै ढल्यो । कम्पन आउने क्रम रोकिएन । मेरो आफ्नो शरिर शुरिक्षत थियो । किनभने म सडकको बीचमा थिएँ । सबै घरहरु लडेपनि मलाई ती...

दाता सम्मेलन गरेर नेपाललाई मगन्ते देश बनाउन खोजियो !

विनाशकारी भूकम्पले देशको अर्थतन्त्रमा निक्कै ठूलो असर पारेको छ । भौतिक संरचनालाई पहिलेकै अवस्थामा ल्याउन अथक सक्रियता देखाउनुपर्छ । देशको अर्थतन्त्र कत्तिपयले १० वर्ष पछि धकेलियो भनिरहेकै समयमा सरकारले यहि आषाढमा दाता सम्मेलन गर्दै छ । दाता सम्मेलनले नेपालमा पुनःस्थापना र पुनःर्निमाणमा ठूलो सहयोग मिल्ने सरकारको आँकलन छ । सरकारी तयारी दाता सम्मेलनमा होमिन खोजिरहँदा सम्मेलननको औचित्यका विषयमा पनि प्रश्नहरु उठ्न थालेका छन् । कत्तिपयले सम्मेलनको औचित्य देखेका छन् भने, कत्तिपयले नेपाललाई थप गिराउने अर्को उपायको रुपमा लिएका छन् । दिन प्रतिदिन देशको अर्थतन्त्र खस्कावट अवस्थामा रहेको र मुलुकको वार्षिक बजेट भन्दा पनि बढि व्यापार घाटा सहिरहनुपरेको यो स्थितिमा दाता सम्मेलन ठिक की बेठिक भन्ने विषय निक्कै खरो रुपमा उत्रिरहेको छ । सरकारको दाता सम्मेलनलाई कत्तिपयले भने हुत्तिहार व्यवहार भनिरहेका छन् । सरकारका योजनाहरु टालटुले ! अर्थविद्हरुले विनाशकारी भूकम्पपछि सरकारले गरिरहेको पछिल्लो गृहकार्यलाई टालटुलेको संग्या दिईरहेका छन् । सरकारले कुनै नयाँ दिगो योजना ल्याउन नसकेको भन्दै उनीहरु सरकारको यो...