Posts

Showing posts from August 25, 2013

आमाबाट खुट्टा काटिएकी शिशुलाई भट्टको सहयोग

Image
टेकमान शाक्य । काठमाडौँ, भाद्र ०८ । आफ्नै आमाबाट दुबै खुट्टा काटिएकी ३ महिने शिशुका लागि धादिङ नलाङका शुरेष भट्टले पनि उपचारका लागि २ हजार सहयोग गर्नुभएको छ । यसअघि शिशुको उपचारका लागि सहयोग उलब्ध गराएको समावेशी अनलाईन डटकममा प्रकाशित समाचारको प्रभावले उहाँले पनि आर्थिक सहयोग गर्नुभएको हो । आफ्नै आमाले दुईवटै खुट्टा काटिदिएपछि राजधानीको शिक्षण अस्पतालमा उपचार गराइरहेकी दिलकुमारी दुवाडीको उपचारका लागि आज फेरी अर्को आर्थिक सहयोग प्राप्त भएको हो  । धादिङ जिल्ला ढोला गाउँ विकास समिती वडा नं. २ तीनघरेकी ३ महिने बालिका दिलकुमारी दुवाडीको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको हो । उनको गत आषाढ २५ गते मानसिक सन्तुलन गुमाएकि आफ्नै आमाले खुट्टा काटिदिएकि थिइन् । समावेशी अनलाईन डट कममा गत सोमबार प्रकाशित समाचारको प्रभावले नारी जागरण केन्द्र धादिङकी अध्यक्ष भगवती उप्रेती र मंगलबार प्रकाशित समाचारको प्रभावले पर्यटन व्यबसायी धादिङ ज्यामरुङ्गका रामप्रसाद सापकोटा कमलले दुवाडीलाई आर्थिक सहयोग प्रदान गर्नुभएको.हो । उप्रेतीले शिशुको उपचारका लागि पाँच हजार सहयोग गर्ने समाचार प्रकाशित...

पिंडा घटनाले निम्त्याएको पिडा-टेकमान शाक्य

Image
प्राणि मध्येको सर्वश्रेष्ठ भएर पनि हामी एकआपसमा विभेद गर्ने कुरामा पछि पर्दैनौँ । मानिस सबै एकै हो भन्ने कुराको ज्ञान हुँदाहुँदै पनि परम्परागत रुढिबादीकोे कारण हामी बाध्य भएर बेलाबेलामा यस्ता विविध घटनामा मुछिन पुग्छौँ । यहि विभेदको कारण नै विभिन्न अबस्था र परिस्थिति सिर्जना हुने गर्दछ । विभेद जातीय, धार्मिक, सांस्कृतिक, बर्गिय ईत्यादी जे पनि हुन सक्छ । धादिङको एउटा विभेदको घटनाले पनि त्यस्तै परिस्थिती निम्त्याएको छ । जुन असान्दर्भिक र असभ्य छ । अहिलेको परिस्थिति भनेको जातित्व भन्दा पनि नेपालित्वको संरक्षणको लागि लड्नुपर्ने अबस्था हो । तर विडम्वना भन्नुपर्छ, जातीयताको आधारमा नेपालित्वको भङ्ग हुने अबस्थामा छ । सामाजिक एकता र मेलमिलाप हुनुपर्ने ठाउँमा जातीय द्धन्दको कारण भएको एकता पनि भङ्ग हुने अबस्थामा छ ।  यतिबेला पिंडा गाउँ विकास समिति वडा नं. ५ मुलाखर्कको घटनाको स्थलगत अनुगमनको लागी छुट्टाछुट्टै समुहहरु जाने क्रम जारी छ । फरक अनुगमन टोलिको फरक प्रतिवेदन सार्वजनिक हुनुले, पनि बास्तविक घटनाको आथार्थ कुराहरु बाहिर आउन सकेको छैन । विभिन्न संचार म...

विद्यार्थी, एस्.एल्.सी. र गणित विषय ।।

Image
Tekman Shakya उच्च शिक्षा प्रवेशको लागि फलामे ढोका मानिने प्रवेशिका परिक्षा अहिले चलिरहेको छ । विद्यार्थीहरुको दश वर्षे मिहेनतको परिक्षण गरि उच्च शिक्षा अध्ययन गर्नको लागि सक्षम भयो या भएन भनेर १० वर्षिय परिक्षण गर्ने एक माध्यम हो प्रवेशिका परिक्षा । सवै व्यक्ति सवै क्षेत्रमा सक्षम हुन्छन् भन्ने छैन । विद्यालय स्तरमा कक्षा दश सम्म आठ वटा विषयको अध्ययन गर्नुपर्छ । विद्यार्थीहरु विद्यालय तहमा यति धेरै विषयलाई अध्ययन गर्नुपर्दा विद्यार्थीहरु झन्झटिलो मान्नु स्वभाविक नै हो । यसपालीको प्रवेशिका परिक्षा पनि केहि दिनमा नै सकिदै छ । परिक्षाको पहिलो दिन अंग्रेजी, दोस्रो दिन नेपाली र तेस्रो दिन गणित विषयको परिक्षा विद्यार्थीहरुले दिईसकेका छन् । शुक्रबार सम्पन्न भएको परिक्षाको विषय गणित हो । यस विषयमा उतिर्ण गर्नै विद्यार्थीहरु अन्य विषयको तुलनामा कम पाईन्छ । अझ भन्ने हो भने यस विषयका कमजोर विद्यार्थीहरु त झन् पढ्न नै नपर्दै पनी हुन्थ्यो नि, भन्दै चिन्ता प्रकट गर्ने गर्दछन् । हिसाब भनेपछि पिसाब निस्कने गणित विषयलाई विद्यार्थीहरुले एक समस्याको रुपमा लिएका छन् ...

वीर अस्पतालको मान्छे मार्ने उपचार

अचानक मेरो टाउकोको तालु दुख्न थाल्यो २०७० साल आषाढ १२ गतेबाट । सामान्य हो भन्दै दुखाईको कुनै प्रवाह नगरिकन आफ्नो दैनिकिलाई अगाडी बढाईरहेँ । दिनप्रतिदिन शरिरमा विभिन्न लक्षणहरु देखा पर्न थाल्यो । कहिले चर्को घाममा बस्दा पनि शरिरमा काँडा उम्रिएर जाडो हुने, त कहिले खलखल पसिना आउने गरेर गर्मी हुने लक्षण मेरो शरिरमा देखा पर्न थालेको थियो । मेडिकलमा गएर ज्वरोको औषधि ल्याएर खाईरहेको थिएँ । त्यसले नभएर म थप उपचारको लागि राजधानीमा रहेको बहुचर्चित सरकारी अस्पताल वीर अस्पतालमा स्वास्थ्य परीक्षणको लागि गएँ । त्यो दिन शुक्रबार थियो । विहान ९ बजेतिर म सँगै प्रेम प्रतिक पनि गएको थियो । चेकजाँच पश्चात डाक्टरले रगत, पिसाव र खकारको परीक्षणका साथै छात्तिको एक्सरे गर्न सल्लाह लिए । डाक्टरको सल्लाह अनुसार म परीक्षणको लागि दोस्रो तल्लाबाट तल झरेँ । रगतको परीक्षणका लागि नर्सले मेरो हातबाट रगत निकाल्दै आईतबार रिपोर्ट आउने कुरा बताए । त्यस्तै पिसाव जाँचको लागि बिल सहित मैले रगत परीक्षण गर्ने कोठा भन्दा बाहिर एउटा भाँडोमा पिसाब राखिदिएँ । अनि एक्सरेको लागि एक्सरे रुमतर्फ लागेँ । एक्सरेको रिपोर्ट...

आदिबासी दिवश र नेपालका आदिवासी जनजाति--टेकमान शाक्य

Image
२०७०–विश्व आदिवासी जनजाती दिवस । यस वर्षको विश्व आदिबासी दिवस पनि धुमधाम सँगै मनाईएको छ । दिवसको अवसरमा थुप्रै कार्यक्रमहरु भए । आदीवासी जनजाती संवद्ध संघ संगठनहरुले साताव्यापी रुपमा नै कार्यक्रमहरु गरे । देशैभरी आदीवासी जनजातीको नाममा ठूला–ठूला सेमिनार र गोष्ठीहरु भए । उनीहरुको अधिकारको बारेमा शब्दहरु वकालत गर्ने काम भयो नेतृत्वपंक्तिबाट । तर बास्तविक आदीबासी जनजातीको अवस्था र मुद्धा र एजेण्डाहरु भने माथि उठ्न सकेको छैन । पछिल्लो समय जनजाती कसलाई भन्ने भनेर बिबाद समेत उत्पन्न हुन थालेको छ ।  उनीहरुको परिभाषलाई समेत बङ्ग्याउने काम भएको छ । बास्तवमा भन्नुपर्दा आफ्नै रहनशहन, भेषभुषा, संस्कृती भएकाहरुलाई जनजाती भनेर चिन्ने गरिन्छ भने पहिलेदेखि नै बसोबास गर्दै आएका समूदायलाई आदीबासी समूदाय भन्ने गरिन्छ ।  आइएलओ–१६९ को धारा–१ उपाधारा–१ को (क) बमोजिम ‘कुनै स्वतन्त्र देशमा राष्ट्रिय समाजका समुदायहरु भन्दा सामाजिक, साँस्कृतिक र आथिर्क स्थितिहरुका कारण फरक रहेका र जसको अवस्था आंशिक वा पूर्णरुपमा उनीहरुको आफ्नै प्रथाहरु वा परम्पराहरु वा विशेष कानुन वा नियमहरुले सञ्चा...

मेरी आत्मिय दिदि सर्मिला र डिनाको जन्मदिनको अवसरमा लखौलाख शुभकामना

Image