विद्यार्थी, एस्.एल्.सी. र गणित विषय ।।
![]() |
| Tekman Shakya |
उच्च
शिक्षा प्रवेशको लागि फलामे ढोका मानिने प्रवेशिका परिक्षा अहिले चलिरहेको
छ । विद्यार्थीहरुको दश वर्षे मिहेनतको परिक्षण गरि उच्च शिक्षा अध्ययन
गर्नको लागि सक्षम भयो या भएन भनेर १० वर्षिय परिक्षण गर्ने एक माध्यम हो
प्रवेशिका परिक्षा । सवै व्यक्ति सवै क्षेत्रमा सक्षम हुन्छन् भन्ने छैन ।
विद्यालय स्तरमा कक्षा दश सम्म आठ वटा विषयको अध्ययन गर्नुपर्छ ।
विद्यार्थीहरु विद्यालय तहमा यति धेरै विषयलाई अध्ययन गर्नुपर्दा
विद्यार्थीहरु झन्झटिलो मान्नु स्वभाविक नै हो । यसपालीको प्रवेशिका
परिक्षा पनि केहि दिनमा नै सकिदै छ । परिक्षाको पहिलो दिन अंग्रेजी, दोस्रो
दिन नेपाली र तेस्रो दिन गणित विषयको परिक्षा विद्यार्थीहरुले दिईसकेका
छन् ।
शुक्रबार
सम्पन्न भएको परिक्षाको विषय गणित हो । यस विषयमा उतिर्ण गर्नै
विद्यार्थीहरु अन्य विषयको तुलनामा कम पाईन्छ । अझ भन्ने हो भने यस विषयका
कमजोर विद्यार्थीहरु त झन् पढ्न नै नपर्दै पनी हुन्थ्यो नि, भन्दै चिन्ता
प्रकट गर्ने गर्दछन् । हिसाब भनेपछि पिसाब निस्कने गणित विषयलाई
विद्यार्थीहरुले एक समस्याको रुपमा लिएका छन् । आखिर किन यस विषयलार्ई
समस्याको रुपमा लिन्छन् त ? यसो हुनुमा कुन पक्षको कमजोरी हो त ? के
शिक्षकको लापरबाहिको कारण हो ? कि विद्यार्थीले ध्यान दिएर यस विद्यालयलाई
प्राथमिकता नदिएको हो ? यो सोचनीय विषय बन्न पुगेको छ । गणित आफैमा असजिलो
विषय होईन । अभ्यासको अभावमा यो विषयमा धेरै विद्यार्थीहरु अनुतिर्ण हुने
गर्दछन् । तर सफल हुने विद्यार्थीहरु यसै विषयमा धेरै अंक ल्याई पास
भईरहेको हुन्छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार
यसपाली देशभर नियमिततर्फ ४ लाख ४६ हजार १ सय ६६ जना र एक्जाम्टेडतर्फ ८२
हजार ९१ जना परीक्षार्थीहरु प्रवेशिका परिक्षामासहभागी भएका छन् । परिक्षा
दिएर फर्केका विद्यार्थीहरुको बुझाईमा कसैलाई यो विषय अत्यन्तै गाह्रो
लाग्छ रे । अनी कत्तिलाई भने सबैभन्दा सजिलो लाग्छ रे । आखिर किन फरक भयो त
उहि विद्यार्थीमा अनि उहि विषयमा पनी त्यति फरक ? के विद्यार्थी अनुसार
शिक्षकले शिक्षण प्रक्रिया अपनाएको हो त ? पक्कैपनि होइन त्यसो त । आखिर
किन विद्यार्थीहरुलाई गणित विषय अफ्ठ्यारो लाग्ने गर्छ छ ? यस विषयमा हामी
सबैले ध्यान दिनुपर्ने देखिन्छ । हाम्रो देशामा विद्यालय क्षेत्रमा
व्यबहारीकता शिक्षा भेट्टाउँदैनौँ । त्यसैभएर पनि विद्यार्थीहरु तर्सिएको
हुनुपर्छ यस विषयमा ।
आफ्नो
उद्देश्यअनुरुप शिक्षा हाँसिल गर्न पाउनुपर्छ भन्ने मागहरु पछिल्लो समयका
नआएका होईनन् । तर त्यस मागलाई व्यवस्ता गरिकन त्यहि परम्परागत शिक्षालाई
प्रयोगमा ल्याईएको कारण यस्तो अवस्था शिर्जना भएको हो । प्रवेशिका परिक्षा
दिने कत्ति विद्यार्थीहरु बल्ल अव त गणितको भारी विसाईयो भनेर लामो स्वास
फेर्दै होलान् । आखिर उच्च शिक्षामा व्यबहारीक शिक्षाको लागि आवश्यक नपर्ने
विद्यार्थीको लागी किन आवश्यक पर्यो र यस विषयको ? कत्तिको मस्तिष्कमा
यस्तो सोचाई पनि उठिरहेको हुन सक्छ । गणित विषय एक त सवैलाई आवश्यक पर्ने
विषय हो । यो विषय विना हामी व्यबहारीक गणितिय समस्याको समाधान गर्न
सक्दैनौँ । परम्परागत र अहिलेको बर्तमान अवस्थामा गणितलाई प्रयोग गर्ने
तरिका फरक छ । तर उद्देश्य एउटै हो । गाउँघरमा पहिले माना, पाथी, हात,
वित्ता, लगाएत नापले कुनै पनि बस्तुको गणना गरिन्थ्यो । तर अहिले फरक यति
हो कि यसलाई परिवर्तन गरेर किलो, मिटर ईत्यादी एकाईमा कुनै पनि बस्तुलाई
नापिन्छ ।
आखिर
जहाँ जे भनेपनि यो गणितीय समस्याको समाधान खोज्ने एक उपाए हो । गणित भनेको
बस्तुुलाई सँख्यामा गणना गर्नु हो । यति व्यबहारीक रुपमा प्रयोग हुने
विषयलाई अहिले विद्यार्थीले हाउगुजि को रुपमा लिईरहेका छन् । आखिर यस
विषयलाई बिद्यालयमा विविध शैक्षिक सामग्री सहित व्यबहारीक रुपमा उतार्न
सक्यो भने एक कुशल व्यक्तित्वको विकास हुन सक्छ । किताबमा भएको
पाठ्यवस्तुहरु सवै कण्ठस्थ पारेपनि उसलाई व्वयबहारीक रुपमा केहि पनि गर्न
आउँदैन भने त्यो शिक्षा उसको लागी वेअर्थको हुन्छ । उदाहरणको लागी a²-b² को
शुत्र (a-b)(a+b) लगाएर कुनै विद्यार्थीले गणितिय समस्याको समाधान गर्न
सक्छ, तर व्यबहारीक रुपमा यो कहाँ प्रयोग हुन्छ भनेर उसलाई थाहा छैन भने यो
शिक्षा ग्रहण गर्नु उसको लागि वेअर्थ हनेछ ।
यदि
उच्च शिक्षाको लागी आफुले प्राप्त गरेको शिक्षा उपयुक्त हुन्छ भने मात्र
विद्यालय तहमा अध्ययन गरेको शिक्षाले सार्थकता पाउनेछ । शिक्षकको
लापरवाहीको कारणले विद्यार्थीहरु कमजोर हुनु एकातिरको कुरा हो । तर
विद्यार्थीले नै पढ्ने काम नगर्दा विषय अप्ठ्यारो हुनु फेरी अर्को कुरा हो ।
भासिक विषयमा मौलिक जवाफ दिए पनि फरक पर्दैन । तर यस विषयमा भासिक जवाफले
काम नगर्न सक्छ । यसको अर्थ हो आफ्नो मनमा लागेको उत्तर लेखेर गणित विषयमा
सजिलै अंक प्राप्त गर्न सकिँदैन । यसको लागी त धेरै अभ्यासको आवश्यकता
पर्दछ । फेरी मिलेको प्रश्नमा अंक घटाउँने ठाउँ पनि हुँदैन गणित विषयमा ।
आखिर जे भएपनि यस विषयलाई तर्साउने भासामा भन्दा पनि दर्शाउने भासामा
व्याख्या गगर्नु उपयुक्त हुनेछ ।
भविश्यमा
डाक्टर, पाईलट र ईन्जिनियर लगाएत अन्य प्राविधिक क्षेत्रमा काम गर्नेहरुको
लागि त उपयुक्त नै हुन्छ नै यो विषय । तर यो भन्दा फरक क्षेत्रमा काम गर्न
चाहने विद्यार्थीहरुको लागी भने यो गणित विषयले टाउको दुखाएको छ ।
विद्यालय तहमा पनि विषेश गरी गणित र विज्ञान जस्ता विषयमा राम्रो भएको
विद्यार्थीलाई विद्यालयको गहनाको रुपमा स्कुल प्रसाशनले ग्रहण गर्दछन् ।
आखिर जे भएपनि अन्ततः व्वयबहारीक शिक्षा नै आजको आवश्यकता हो ।
असफलता
भन्ने कुरा मुर्खहरुको डायरीमा मात्र हुन्छ भन्ने कुरा नेपोलिएन
बोनापार्टले नभनेका होईनन् । यो शब्द आफैमा पुर्ण छ । किनकि हजारौँ
प्रयासको बाबजुत एक सफल कार्यको थालनी गर्न सकिन्छ । त्यसैले विद्यालय
स्तरमा विद्यार्थीहरुले यस गणित विषयलाई सजिलो मानेर प्रयासरत भएमा र
शिक्षकले पनि सहज रुपमा अध्यापन गराएमा गणित विषय सबैको सहज र प्यारो विषय
बन्थ्यो की ?

Comments
Post a Comment