खुलेआम ठगी गर्दै म्यानपावर कम्पनी, विभाग भने मौन छ जानी जानी
स्वदेशि सम्भावनाको अभाव देखेपछि घर परिवार चलाउनका लागि पनि नेपाली बिदेश पलायन हुनुपर्ने बाध्यत्मक स्थिति छ नेपाली युवाहरुलाई । बैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङक नै हेर्ने हो भने गएको बैशाख महिनामा मात्रै ८ लाख भन्दा बढिले श्रम स्वीकृती लिएका छन् । नेपालीहरु श्रमका लागि विशेषतः १ सय भन्दा बढि देशमा जाने गर्दछन् । उसो त मलेसिया, कतार लगायत खाडी देशहरुमा रोजगारीका लागि मुख्य गन्तव्य बनाउनेहरुको संख्या सबैभन्दा बढि देखिन्छ । अन्य मुलुकहरुमा जानका लागि शैक्षिक र आर्थिक पक्षले असर गर्नेे भएपछि श्रमका लागि युवाहरुले मलेसिया, कतार, साउदी अरब लगायत खाडी मूलुक नै रोज्ने गर्छन् । बिदेश जान म्यानपावर कम्पनी धाउनेहरुको संख्या बढेसँगै ठगीको बिगबिगि पनि उत्तिकै बढेको छ । मोहजालमा फसेर उनीहरु म्यानपावर कम्पनीको शरणमा पुग्छन् । ग्रामिण÷बिकट क्षेत्रबाट आएकाहरु श्रम सम्बन्धी निति थाहा नभएकै कारण बढि रकम हस्तान्तरण गर्न बाध्य हुन्छन् । बढि रकम किन लिएको भन्ने प्रश्न गरिएमा विदेश जान नपाउने डरले उनीहरु जति भन्यो त्यति नै रकम दिन तयार हुन्छन् । खाडी मुलुकमा श्रममा जानका लागि बढिमा ८० लिनुपर्ने स...