खुलेआम ठगी गर्दै म्यानपावर कम्पनी, विभाग भने मौन छ जानी जानी
स्वदेशि सम्भावनाको अभाव देखेपछि घर परिवार चलाउनका लागि पनि नेपाली बिदेश पलायन हुनुपर्ने बाध्यत्मक स्थिति छ नेपाली युवाहरुलाई । बैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङक नै हेर्ने हो भने गएको बैशाख महिनामा मात्रै ८ लाख भन्दा बढिले श्रम स्वीकृती लिएका छन् । नेपालीहरु श्रमका लागि विशेषतः १ सय भन्दा बढि देशमा जाने गर्दछन् । उसो त मलेसिया, कतार लगायत खाडी देशहरुमा रोजगारीका लागि मुख्य गन्तव्य बनाउनेहरुको संख्या सबैभन्दा बढि देखिन्छ । अन्य मुलुकहरुमा जानका लागि शैक्षिक र आर्थिक पक्षले असर गर्नेे भएपछि श्रमका लागि युवाहरुले मलेसिया, कतार, साउदी अरब लगायत खाडी मूलुक नै रोज्ने गर्छन् ।
बिदेश जान म्यानपावर कम्पनी धाउनेहरुको संख्या बढेसँगै ठगीको बिगबिगि पनि उत्तिकै बढेको छ । मोहजालमा फसेर उनीहरु म्यानपावर कम्पनीको शरणमा पुग्छन् । ग्रामिण÷बिकट क्षेत्रबाट आएकाहरु श्रम सम्बन्धी निति थाहा नभएकै कारण बढि रकम हस्तान्तरण गर्न बाध्य हुन्छन् । बढि रकम किन लिएको भन्ने प्रश्न गरिएमा विदेश जान नपाउने डरले उनीहरु जति भन्यो त्यति नै रकम दिन तयार हुन्छन् । खाडी मुलुकमा श्रममा जानका लागि बढिमा ८० लिनुपर्ने सरकारी नीतिमा उल्लेख भएपनि यसबारे ग्रामिण भेगबाट राजधानी आएकाहरुलाई थाहा हुँदैन ।
संचार माध्यममा म्यानपावर कम्पनीको ठगी बिगबिगि बढेको समाचार प्रकाशन÷प्रशारण भएपनि बैदेशिक रोजगार विभाग भने मौन छ । विभागको मौनताले कार्यरत कर्मचारी र उच्च पदस्त व्यक्तिको संलग्नता छ भनेर दाबी गर्न सकिन्छ । पछिल्ला दिनमा कसैले अडियो÷भिडियो प्रमाण उपलब्ध गराएमा झनै त्यसले पैसाको बार्गेनीङ गर्ने राम्रो उपाय बन्न पुग्छ । रोजगार विभागका हाकिम देखि पिउनसम्म म्यानपावर कम्पनीको मिलेमतो समाप्त नभएसम्म समस्याको समाधान हुने छाँटकाँट देखिँदैन ।
ठगीको बिगबिगिमा विभागको मौनता
रोजगार दाताहरु ठगीमा परेको विषयमा संचार माध्यममा खुलेआम आईरहेपनि बैदेशिक रोजगार विभाग मौन छ । भौतिक प्रमाण सहित विभागमा उपस्थित भएमात्रै कारबाहि अघि बढाउन सकिने विभागको तर्क । संचार माध्यममले अडियो÷भिडियो सामग्री सहित विभागलाई उपलब्ध गराउँदा समेत विभाग म्यानपावर कम्पनीहरुलाई कारबाहि गर्न मान्दैन । त्यो प्रमाणले त झनै म्यानपावर कम्पनीसँग बार्गेनिङ गर्ने माध्यम बन्छ । रोजगार विभागका महानिर्देशक सहित कर्मचारीहरु नै म्यानपावर कम्पनीको संरक्षक र हाकिम भएपछि कारबाहिका लागि झनै समस्या उत्पन्न भएको छ । अझ भनौं भने श्रम मन्त्रिले नै म्यानपावर कम्पनीलाई ठगी गर्न उक्साईरहेको तथ्य बाहिर आउन थालेको छ । विभागका कर्मचारी र म्यानपावर कम्पनीको संलग्नतामा जति उजुरी र मुद्धाहरु परेपछि कारबाहि नहुने भएपछि युवाहरु ठगीन बाट टाढा रहन सक्दैनन् ।
२ थरिका रसिदले रोजगारदातालाई भुलाउँदै
विदेश जानका लागि रोजगार दाताले सबैभन्दा पहिले देखावटी परीक्षामा सामेल हुनुपर्छ । त्यसबाट पास भएपछि भिजाका लागि प्रक्रिया सुरु हुन्छ । प्रक्रियाका लागि सुरुमा बिना बिल÷रसिद रोजगारताहरु १५ हजार भन्दा माथिको रकम म्यानपार कम्यनीलाई दिन बाध्य हुन्छन् । रकम नदिएमा भिजाका लागि प्रक्रिया सुरु नगर्ने म्यानपावर कम्प्नीको अडान हुन्छ । भिजा प्राप्त भएपछि मात्रै रसिद दिने कम्पनीको बहाना हुन्छ । सरकारले तोकिएकै रकममा बिदेश जाने सपना त्याग्न उसको चुनौती हुन्छ । सुरुमा नै कम मुल्यमा लैजान नसक्ने भन्दै अकुद मुल्य कुम्ल्याउँछन् । कसैलाई धेरै रकम लिएको भन्ने थाहा दिएमा कागजात नै जफत गरिदिने म्यानपावर कम्पनीको धम्की हुन्छ । अन्ततः रोजगार दातालाई दिने बिलमा धेरै रकम उल्लेख भएपनि कम्पनीले ८० हजार रुपैयाँको छट्टै रसिद बनाएर सम्बन्धित निकायलाई पठाउने गरेका खुलासाहरु बाहिर आउन थालेको छ ।
कम्पनीको हाकिम गुपचुप
बैदेशिक रोजगारीमा जानका लागि तपाई म्यानपावर कम्पनी धाउँदै हुनुहुन्छ भने सुरुमा हाकिमलाई भेट्न पाउनुहुन्न । कम्पनीमा कार्यरत कर्मचारीहरुसँग मात्रै सबै कुरकानी गर्नुपर्छ । भेट्न त त्यस्तै हो, फोनमा कुरा गर्नका लागि सम्पर्क नम्बर समेत उपलब्ध हुँदैन । कम्पनीका संचालकसँग कुरा गर्न नमिल्ने कार्यरत कर्मचारीहरुको उत्तर हुन्छ । संचार माध्यमले म्यानपावर कम्पनीमा फोन गरेर परिचय दिँदा समेत हाकिमको नम्बर दिन आनाकानि गर्छन् । धेरै कष्टपछि सम्पर्क नम्बर प्राप्त भएपनि मिटिङ र अनेक बहानामा कुरा गर्न मान्दैनन् ।

Comments
Post a Comment