Posts

Showing posts from November 15, 2025

महेश बस्नेत र उनको सहयोगीमार्फत पत्रकार टेकमान शाक्यलाई ज्यान मार्ने धम्की (VIDEO)

Image
 

पत्रकार शाक्यलाई एमाले नेता बस्नेतले दिएको धम्कीप्रति पत्रकार महासंघको आपत्ति (नयाँपत्रिका)

Image
समाचारको विषयलाई लिएर पत्रकार टेकमान शाक्यलाई नेकपा एमालेका नेता महेश बस्नेतले दिएको धम्कीप्रति पत्रकार महासंघले आपत्ति जनाएको छ। शनिबार महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई धम्की दिने यस घटनाका महासंघले निन्दा र भर्त्सना गर्ने उल्लेख छ।  समाचारको विषयलाई लिएर महेश बस्नेत र उनको नाम लिएर अन्य केही व्यक्तिले बारम्बार ज्यानै लिनेसम्मका धम्की दिएको पत्रकार शाक्यले बताएका छन्। नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक शाक्यलाई शुक्रबार बिहानदेखि बस्नेत र उनको समूहले फोन र म्यासेजमार्फत धम्की दिएको थियो।  बस्नेत स्वयं र उनका सहयोगी व्यक्तिले आतंकित पार्ने र त्रसित बनाउने गरी धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको महासंघले विज्ञप्तिमा जनाएको छ। घटनाबारे महासंघ प्रतिष्ठान प्रदेश समितिले पनि विज्ञप्ति जारी गरिसकेको छ। ‘समाचारको विषयलाई लिएर नेप्लिज टाइम्स डटकमका सम्पादक शाक्यलाई बारम्बार धम्की आएको महासंघ प्रतिष्ठान प्रदेश समितिले जनाएको छ। यो घटनाको महासंघ निन्दा र भर्त्सना गर्दछ। पत्रकार महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  प्रकाशित समाचारप्रति असहमति भए ...

पत्रकार शाक्यलाई धम्की दिएको भन्दै नेता बस्नेतलाई कारबाही गर्न महासंघको माग (कान्तिपुर)

Image
काठमाडौँ — पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतले पत्रकार टेकमान शाक्यलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै महासंघले बस्नेतलाई कारबाहीको माग गरेको हो ।  समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न सकिने भन्दै महासंघले पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न सम्बद्ध व्यक्तिहरूलाई सचेत गराएको छ । महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न पनि सम्बद्ध निकायसँग माग गरेको छ । शुक्रबार 'नेप्लिज टाइम्स' डटकमका कार्यकारी सम्पादक शाक्यलाई बस्नेतले धम्की दिएका थिए । पत्रकार शाक्यद्वारा सार्वजनिक अडियो क्लिपमा आफूविरुद्ध समाचार लेखेको भन्दै धम्की दिएका छन् । शाक्यसँगको टेलिफोन संवादमा बस्नेतले भनेका छन्, 'तिमीले मेरो विषयमा जे बोलेका छौ । त्यो पुष्टि भएन भने के गर्छौ ?' बस्नेतले पत्रकार शाक्यकै नेतृत्वमा सिंहदरबार र सर्वोच्च जलाइएको आरोपसमेत लगाएका छन् । पत्रकार शाक्यले धम्कीपूर्ण अडियोक्लिप सार्वजनिक गरेपछि पनि नेता बस्नेतले म्यास...

पत्रकार टेकमान शाक्यलाई नेकपा एमालेका नेता महेश बस्नेत स्वयम् र उहाँका सहयोगी व्यक्तिले आतङ्कित पार्ने र त्रसित बनाउने गरी धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण (महासंघ)

Image
पत्रकार टेकमान शाक्यलाई नेकपा एमालेका नेता महेश बस्नेत स्वयम् र उहाँका सहयोगी व्यक्तिले आतङ्कित पार्ने र त्रसित बनाउने गरी धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । समाचारको विषयलाई लिएर नेप्लिज टाइम्स डटकमका सम्पादक शाक्यलाई बारम्बार धम्की आएको महासंघ प्रतिष्ठान प्रदेश समितिले जनाएको छ । यो घटनाको महासंघ निन्दा र भर्त्सना गर्दछ । प्रकाशित समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न र पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न महासंघ सम्बद्ध व्यक्तिहरूलाई सचेत गराउंदछ । साथै, पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग माग गर्दछ । रामप्रसाद दाहाल महासचिव अर्काईभ फाईल यहाँ छ ।

पत्रकारलाई धम्की दिने महेश बस्नेतलगायतलाई कारबाही गर्न महासंघको माग (रातोपाटी)

Image
काठमाडौँ । पत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्नेतलगायतले धम्की दिएको जानकारी प्राप्त भएको भन्दै नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।   समाचारको विषयलाई लिएर शाक्यलाई बारम्बार धम्की आएको घटनाको आफूले निन्दा र भर्त्सना गर्ने महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरुलाई कानुनी कारबाही गर्न समेत सम्बद्ध निकायहरूसँग माग गरिएको छ ।  ‘प्रकाशित समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न र पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न महासंघ सम्बद्ध व्यक्तिहरूलाई सचेत गराउंदछ । साथै, पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।  विज्ञप्तिमा बस्नेत स्वयम् र उनका सहयोगी व्यक्तिले आतङ्कित पार्ने र त्रसित बनाउने गरी धम्की दिएको उल्लेख छ ।  अर्काईभ लिंक यहाँ छ