Posts

Showing posts from October 28, 2014

हठमै रमाउने दलहरुको काइते कुरा !

आफ्नो हठ त्याग्न नसक्ने राजनीतिक दलहरुको सहमतिको रटान अझै कायमै, रटान अनुसार खटानको अभावमा निर्धारित समयमा संविधान जारी नहुने खतरा संविधानसभाबाट संविधान जारी गरेरै छाड्ने प्रतिवद्धता सहित संविधानसभाको दोस्रो निर्वाचन भएको एक वर्ष हुनै लागेको छ । त्यसो त, माघ ८ भित्रमा संविधान जारी गर्ने रटानलाई छाड्न नसक्ने दलहरुले पहिलेकै छनक देखाउन सुरु गरिसकेका छन् । सार्वजनिक स्थलमा गएर सहमतीमै संविधान आउँछ भनेर कुर्लने, अनि विवादित विषयमा सहमतीका लागि भने लचिलो हुन नसक्ने उनीहरुको नियतिले पहिलो संविधानसभाकै हविगत हुने सम्भावना बढेको छ । २०७१ साल कार्तिक १० गते तयार पारिएको रेडियो रिपोर्ट । Listen Report                  Download Report