Posts

Showing posts from September 24, 2018

ब्रोइलर पालन ‘जुवाको खेती’ : किसानले नै बेहोर्नुपर्ने सबै क्षति !

Image
विश्व पोल्ट्री बजारमा छिमेकी देश भारत र चीनको भूमिका निकै दरिलो छ । नेपाल पनि यो व्यवसायमा आत्मनिर्भर नजिक पुगेको छ । पोल्ट्रीका लागि आवश्यक कच्चा पदार्थमा छिमेकीकै भर पर्नुपर्ने बाध्यकारी अवस्थाले भने नेपालमा सोचेजस्तो व्यवसायको स्तरोन्नति हुन सकेको छैन । पोल्ट्री व्यवसाय गर्नेहरुको जमात बढे पनि अन्तर्राष्ट्रिय पोल्ट्री बजारमा नेपालले पहुँच जमाउन भने अझै केही समय लाग्ने देखिन्छ । पछिल्लो समय नेपालमै हजारौं मेट्रिक टन मासु र लाखौको संख्यामा अण्डा उत्पादन हुँदै आए पनि यसले नेपालको आवश्यकता अझै थेग्न सकिरहेको छैन । अन्य कृषि उपजको तुलनामा आत्मनिर्भरको नजिक पुगिएको भनिएको पेशा भए पनि सहज बजारिकरणको अभावमा धेरै चुनौतीका चाङहरु छन् । किसानले उत्पादन गर्ने, यसको जिम्मेवारी किसान बन्ने अनि कमाउने चाहिँ बिचौलिया भएपछि पोल्ट्री व्यवसायबाट बिरक्तिनेहरुको जमात बढ्दो छ ।  बिचौलियाको चंगुल दानाको मूल्य दाना कम्पनीले तोक्ने । चल्लाको भाउ ह्याचरी कम्पनीले तोक्ने । बजार भाउ भने बिचौलिया अर्थात कोल्ड स्टोर्सहरुले तोक्ने । किसान भने आफ्नो वस्तुको मूल्यांकन अरुलाई गर्न लगाउनुपर्ने । आफ्नो...