Posts

Showing posts from March 15, 2015

पशु तथा पंक्षी खेती

Image
परिचय दूध, मासु, अन्डा, उन, श्रम आदिका लागि जनावरहरूलाई घरमा पाल्ने कामलाई पशुपालन भनिन्छ। मानिसहरूलाई कृषि पेशामा आकर्षित गर्न, जमिनको उर्वराशक्ति बढाउन र मल खादका रूपमा जनावरहरूको बिस्टा प्रयोग गर्ने उद्देश्यले पनि पशुपालन गरिन्छ। पहाडी तथा हिमाली प्रदेशहरूमा भारी बोक्नका लागि चौँरी, गधा, खच्चड, भेडा र बाख्राहरूको प्रयोग गरिन्छ। तराईमा गोरु तथा राँगाहरूलाई गाडा तान्ने काममा प्रयोग गरिन्छ। दूध तथा दूधजन्य उत्पादन, मासु र अन्डा प्रोटिनका भरपर्दा स्रोत पनि हुन्। यस्ता वस्तुहरूले कृषकहरूको आय वृद्धि गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन्। पशुपालन व्यवसाय नेपालको कृषि क्षेत्रको महत्त्वपूर्ण उप-क्षेत्र हो। केन्द्रीय तथ्याङ्क विभाग (२०११) अनुसार पशुपालनले कृषिजन्य कुल गार्हस्थ्य उत्पादनको ३२% र देशको कुल गार्हस्थ्य उत्पादनको ११.५% ओगट्छ। धेरै मानिसहरू पशुपालन गर्ने, मासु काट्ने, बजारसम्म पुर्या उने र बेच्ने जस्ता पशुजन्य व्यवसायमा संलग्न रहेका छन्। २० लाख भन्दा बढी घरपरिवारहरूले पशुपालन गरेका छन् भने १४ लाख घरपरिवारले कुखुरा पाल्ने गरेका छन्। पशुपालनको वृद्धि दर माछा पालन र न...