Posts

Showing posts from May 21, 2014

न्यायाधिस सिफारिसमा लफडा

Image
न्यायाधिस सिफारिसका विषयमा संसदिय समितिका सदस्यहरुको फरक मत, आज बसेको बैठक निष्कर्षबिहिन । सिफारिस भएका ८ जना न्ययाधिसका विषयमा संसदिय समितिका सदस्यहरुले फरक मत  प्रस्तुत गरेका छन् । न्यायालय जस्तो क्षेत्रमा राजनीतिक हस्तक्षेप हुन नहुने एमालले–एकीकृत माओवादीको अडान छ भने काङ्ग्रेस अनुमोदन गर्नुपर्ने पक्षमा उभिएको छ । न्यायाधिस सिफारिसका विषयमा राजनीतिक दल सदस्यहरुले चलाएको बहसलाई कानुनबिदहरुले भने उताउलोको संग्या दिएका छन् । २०७१ साल जेष्ठ ६ गते तयार पारिएको रेडियो रिपोर्ट   DOWNLOAD                     LISTEN REPORT

सभासदको तलब एभरेष्ट बैंकको खाताबाटै गायव

Image
२६ चैत, काठमाडौं । सभासद यशोदाकुमारी लामाले संविधानसभा एवं व्वस्थापिका संसदबाट आउने तलब बुझ्नका लागि एभरेष्ट बैंकमा खाता खोलेकी थिइन् । तर, उनले अहिलेसम्म एक पैसा तलब पाएकी छैनन् । उनको तलब खाताबाटै अर्का सभासद विश्वेन्द्र पासवानले गायव पारेको भन्दै संसद सचिवालयमा उजुरी परेको छ । तलब खान नपाएकी ४५ वर्षीया सभासद यशोदा विश्वेन्द्र अध्यक्ष रहेको दलित जनजाति पार्टीकी सभासद हुन् । सो पार्टीका तर्फबाट विश्वेन्द्र र यशोदा गरी दुईजना मात्रै सभासद छन् । बैंक खातामा आफ्नो तबल जम्मा नभएपछि यशोदाले संसद सचिवालयमा सम्पर्क गरेकी थिइन् । पार्टीलाई चाहिन्छ भने विश्वेन्द्रले सबै तलब लगेको संसद कर्मचारीले बताएपछि लामाले आफ्नो बैंक खातामा रहेको रकम र खाता नम्बर अर्कालाई किन दिएको भन्दै सचिवालयका कर्मचारीलाई थर्काएकी थिइन् । ‘तलब नपाएपछि आक्रोशित बनेकी लामाले आफ्नो तलब आफैंले पाउनुपर्ने भन्दै सचिवालयमा लिखित निवेदनसमेत दिएको सचिवालयका एक कर्मचारीले अनलाइनखबरलाई बताए । पार्टीले आधा रकम चाहियो भन्नु स्वाभाविकै हो, तर अर्काको खाताबाटै रकम झिकेर एक पैसा नदिने हो आफूले कसरी काम गर्ने भन्दै सभासद लामाले...

दिलशोभामाथिका धेरै आरोप पुष्टि

Image
काठमाडौं, जेठ ६ – आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथि लगाइएको यौनदुराचारको आरोप पुष्टि नभए पनि उनले अवैध रुपमा बालगृह संचालन गरेको पुष्टि भएको छ । उनले बालगृह तथा आमाघरका नाममा आएका सहयोग सामग्री बेचबिखन गरेको, बुढाबुढी राख्ने ठाउँमा बालबालीका राखेको र बालगृहका बालबालिकालाई गैरकानुनीरुपमा बाहिर पठाएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको हो । श्रेष्ठद्वारा सञ्चालित आमाघरबारे जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले दुई महिना लगाएर तयार पारेको अनुसन्धानबाट यो तथ्य पुष्टि भएको हो । यद्यपी दिलशोभामाथि लागेका कतिपय ओरोपको बारेमा भने प्रहरी अनुसन्धान प्रवेश नै गरेको छैन । दिलशोभमाथि लगाइएका आरोपहरु पढ्न यहाँ क्लिक गर्नुहोसः कहाँ गए १६ बालबालिका ? आमाघरमै आयोजित पत्रकार सम्मेलनमा दिलशोभाले चार बालबालिकालाई विदेश पठाएको स्विकार गरेकी थिईन् । तर ती बालबालिकालाई कहाँ, कसरी पठाइयो, उनीहरु को को थिए र कुन अवस्थामा छन् भन्नेबारे प्रहरीले अनुसन्धान गरेको छैन् । आमाघरको लिखित तथ्यांकमा ४९ जना बालबालिका रहेको देखिन्छ । त्यसमा ४८ जना कर्णालीका र एकजना मात्र काठमाडौ...