सभासदको तलब एभरेष्ट बैंकको खाताबाटै गायव
२६ चैत, काठमाडौं । सभासद यशोदाकुमारी लामाले संविधानसभा एवं व्वस्थापिका संसदबाट आउने तलब बुझ्नका लागि एभरेष्ट बैंकमा खाता खोलेकी थिइन् । तर, उनले अहिलेसम्म एक पैसा तलब पाएकी छैनन् । उनको तलब खाताबाटै अर्का सभासद विश्वेन्द्र पासवानले गायव पारेको भन्दै संसद सचिवालयमा उजुरी परेको छ ।
तलब खान नपाएकी ४५ वर्षीया सभासद यशोदा विश्वेन्द्र अध्यक्ष रहेको दलित जनजाति पार्टीकी सभासद हुन् । सो पार्टीका तर्फबाट विश्वेन्द्र र यशोदा गरी दुईजना मात्रै सभासद छन् ।
बैंक खातामा आफ्नो तबल जम्मा नभएपछि यशोदाले संसद सचिवालयमा सम्पर्क गरेकी थिइन् । पार्टीलाई चाहिन्छ भने विश्वेन्द्रले सबै तलब लगेको संसद कर्मचारीले बताएपछि लामाले आफ्नो बैंक खातामा रहेको रकम र खाता नम्बर अर्कालाई किन दिएको भन्दै सचिवालयका कर्मचारीलाई थर्काएकी थिइन् ।
‘तलब नपाएपछि आक्रोशित बनेकी लामाले आफ्नो तलब आफैंले पाउनुपर्ने भन्दै सचिवालयमा लिखित निवेदनसमेत दिएको सचिवालयका एक कर्मचारीले अनलाइनखबरलाई बताए ।
पार्टीले आधा रकम चाहियो भन्नु स्वाभाविकै हो, तर अर्काको खाताबाटै रकम झिकेर एक पैसा नदिने हो आफूले कसरी काम गर्ने भन्दै सभासद लामाले संसदका कर्मचारीसँग गुनासो गरेकी थिइन् । आफ्नो व्यक्तिगत खाता नम्बर विश्वेन्द्रलाई दिएको र त्यहाँ जम्मा गरिएको रकमसमेत उनले झिकेको थाहा पाएपछि लामाले संसदका कर्मचारीले समेत त्रुटी गरेको आरोप लगाएकी थिइन् । यसबारे बुझ्न खोज्दा सभासद लामासँग सम्पर्क हुने सकेन ।
पासवान भन्छन्- मैले पनि एक पैसा लिएको छैन
यसबारे बुझ्दा सभासद पासवानले भने- ‘तलब मैले पनि एकपैसा लिएको छैन, सबै पार्टीले लिएको हो । अघिल्लो संविधानसभामा पनि मैले पैसा लिइँन, सबै पैसा पार्टीले नै लियो ।’
तर, पासवानले पार्टीले तलब लिने बताउँदै सभासद लामाको तलबसमेत आफूले लिने र आफ्नो कोठा भाडा, दैनिक खर्चदेखि कार्यालयको भाडा तिर्ने गरको स्रोत बताउँछ । ‘पार्टीले लिन्छ भन्दै सबै पैसा आफूले व्यक्तिगत खर्च गर्ने गरेका छन्, ‘उनको पार्टीमा कतिजनाको केन्द्रीय समिति छ, त्यो पनि कसैलाई थाहा छैन, स्रोतले भन्यो- ‘सभासद यशोदालाई पार्टीको कुनै जिम्मेवारीमा राखिएको छैन ।
स्रोतका अनुसार सभासद लामाले आफ्नो तलबको आधा हिस्सा भए पनि आफूले पाउनुपर्ने आग्रह गर्दा पासवानले पूरै तलब पार्टीलाई नदिए पार्टीले सभासदबाटै हटाएर अर्को व्यक्तिलाई सभासदमा सिफारिस गर्ने जवाफ दिएपछि लामा विनातलब लुखुर-लुखुर संविधानसभामा आउन-जान बाध्य बनेकी छन् ।
तलब खान नपाएकी ४५ वर्षीया सभासद यशोदा विश्वेन्द्र अध्यक्ष रहेको दलित जनजाति पार्टीकी सभासद हुन् । सो पार्टीका तर्फबाट विश्वेन्द्र र यशोदा गरी दुईजना मात्रै सभासद छन् ।
बैंक खातामा आफ्नो तबल जम्मा नभएपछि यशोदाले संसद सचिवालयमा सम्पर्क गरेकी थिइन् । पार्टीलाई चाहिन्छ भने विश्वेन्द्रले सबै तलब लगेको संसद कर्मचारीले बताएपछि लामाले आफ्नो बैंक खातामा रहेको रकम र खाता नम्बर अर्कालाई किन दिएको भन्दै सचिवालयका कर्मचारीलाई थर्काएकी थिइन् ।
‘तलब नपाएपछि आक्रोशित बनेकी लामाले आफ्नो तलब आफैंले पाउनुपर्ने भन्दै सचिवालयमा लिखित निवेदनसमेत दिएको सचिवालयका एक कर्मचारीले अनलाइनखबरलाई बताए ।
पार्टीले आधा रकम चाहियो भन्नु स्वाभाविकै हो, तर अर्काको खाताबाटै रकम झिकेर एक पैसा नदिने हो आफूले कसरी काम गर्ने भन्दै सभासद लामाले संसदका कर्मचारीसँग गुनासो गरेकी थिइन् । आफ्नो व्यक्तिगत खाता नम्बर विश्वेन्द्रलाई दिएको र त्यहाँ जम्मा गरिएको रकमसमेत उनले झिकेको थाहा पाएपछि लामाले संसदका कर्मचारीले समेत त्रुटी गरेको आरोप लगाएकी थिइन् । यसबारे बुझ्न खोज्दा सभासद लामासँग सम्पर्क हुने सकेन ।
पासवान भन्छन्- मैले पनि एक पैसा लिएको छैन
यसबारे बुझ्दा सभासद पासवानले भने- ‘तलब मैले पनि एकपैसा लिएको छैन, सबै पार्टीले लिएको हो । अघिल्लो संविधानसभामा पनि मैले पैसा लिइँन, सबै पैसा पार्टीले नै लियो ।’तर, पासवानले पार्टीले तलब लिने बताउँदै सभासद लामाको तलबसमेत आफूले लिने र आफ्नो कोठा भाडा, दैनिक खर्चदेखि कार्यालयको भाडा तिर्ने गरको स्रोत बताउँछ । ‘पार्टीले लिन्छ भन्दै सबै पैसा आफूले व्यक्तिगत खर्च गर्ने गरेका छन्, ‘उनको पार्टीमा कतिजनाको केन्द्रीय समिति छ, त्यो पनि कसैलाई थाहा छैन, स्रोतले भन्यो- ‘सभासद यशोदालाई पार्टीको कुनै जिम्मेवारीमा राखिएको छैन ।
स्रोतका अनुसार सभासद लामाले आफ्नो तलबको आधा हिस्सा भए पनि आफूले पाउनुपर्ने आग्रह गर्दा पासवानले पूरै तलब पार्टीलाई नदिए पार्टीले सभासदबाटै हटाएर अर्को व्यक्तिलाई सभासदमा सिफारिस गर्ने जवाफ दिएपछि लामा विनातलब लुखुर-लुखुर संविधानसभामा आउन-जान बाध्य बनेकी छन् ।
Comments
Post a Comment