Posts

Showing posts from June 23, 2015

खबरवाणीमा प्रकाशित समाचार पढेर प्रचण्डले गौतमलाई भेटेरै राहत प्रदान गरे !

Image
टेकमान शाक्य  काठमाडौं, असार ८ । सहयोग आपत परेको बेलामा अपेक्षा गरिन्छ । खवरबाणी त्यस्तो भुमिकामा छ, जसका लागि सहयोगको आवश्यकता छ, उसैका लागि खटिरहन्छ । विनाशकारी भूकम्पको समयमा लाखौँले आफ्नो शरिरलाई अपांग बनाउनुपर्यो । उनीहरुको राहत, उद्धार कार्यमा निरन्तर खवरदारी गरिह्यो । त्यसैको शिकार नक्कली प्रचण्डको रुपमा अभिनय गर्दै हिड्ने कलाकार घनश्याम गौतम पनि बन्नुपर्यो । नक्कली प्रचण्ड बनेर विभिन्न ठाउँहरुमा प्रहशन गर्दै हिँड्ने गौतमलाई लामो समयसम्म पनि कत्तैबाट राहत जुटेको थिएन । उनको बारेमा खबरवाणीले सामग्री प्रकाशन गरेको थियो । त्यहि सामग्री सक्कली प्रचण्ड या भनौँ एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पढेका थिए । खबरवाणीकै समाचारले उनको मन छोयो । भित्रैदेखि उनी दुखी भए । तुरुन्त उनले फोन गरिहाले नक्कली प्रचण्ड उर्फ घनश्यान गौतमलाई । नक्कली प्रचण्ड र सक्कली प्रचण्डको भेट सोमबार भयो । माओवादी अध्यक्ष प्रचण्ड गौतमका लागि राहत बोकेर भक्तपुरको कटुञ्जे पुगेका थिए ।  गौतम मात्रै होईन, उनकी श्रीमती युगज्योती गौतम पनि भूकम्पको शिकार भएकी छिन् । उनी पनि घाईते छिन् ।...

सुकोको नेतृत्वमा बनेको प्राधिकरणले सिन्को भाँच्ला की नभाँच्ला !

Image
टेकमान शाक्य समाचार टिप्पणी विनाशकारी भूकम्पपछि ध्वस्त भएका भौतिक संरचना पुनर्निमाण गर्नका लागि भन्दै गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विषयमा विभिन्न टिप्पणीहरु उब्जीएका छन् । पुनर्निमाणका लागि प्राधिकरण दरिलो बनाउनुपर्ने भनिरहँदा त्यसको नेतृत्व प्रधानमन्त्रीलाई दिईएपछि  चौतर्फी आलोचना भैरहेको छ । सरकारले प्रधानमन्त्रीलाई नै नेतृत्व दिने निर्णय गरेसँगै विभिन्न आशंकाहरु उब्जिएका छन् । ध्वस्त संरचना पुनर्निमाण यस्तो खालको प्राधिकरणले गर्न नसक्ने विज्ञहरुको सुझाव छ । आईतबार बसेको प्रमुख ४ राजनीतिश शक्तिबीच भएको छलफलमा प्राधिकरणको नेतृत्व प्रधानमन्त्रीलाई दिने विषय उठान भएको थियो । यसको विरोध गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष विजय कुमार गच्छदार बैठकबाट बाहिरिएका थिए । विपक्षी राजनीतिक शक्तिको विरोधका बाबजुत नै आईतबार बसेको मन्त्रीपरिसद् बैठकले प्राधिकरणको जिम्मेवारी टुँगो लगाएको हो । यसअघि एकीकृत माओवादी बरीष्ठ नेता बाबुराम भट्टराईले प्राधिकरणको जिम्मेवारी दिने चर्चा निक्कै चलेपनि...