म्यानपावर कम्पनी युवा ठग्दै, रोजगार विभाग भने टुलुटुलु हेर्दै
सरकारले तोकेको ८० हजारमा रोजगारदातालाई म्याजपावर कम्पनीले बिदेश पठाउँदैनन् । खुलेआम ठगीको बिगबिगि बढ्दा समेत बैदेशिक रोजगार विभाग भने मौन । सरकारले बैदेशिक रोजगारमा जानेहरुबाट ८० हजार लिनुपर्ने नीति बनाएपनि त्यसको कार्यन्वयन हुन सकेको छैन । तोकिएको रकम भन्दा बढि रकम लिएमा कारबाहिमा पर्नुपर्ने भएपनि म्यानपावर कम्पनिहरु भने खुलेआम दोब्बर/तेब्बर रकम असुल्ने गरिरहेको पाईन्छ । सम्बन्धित निकाय बैदेशिक रोजगार कम्पनी भने लिखित उजुरी आएमा मात्रै कारबाहि गरिने भन्दै देखिएको ठगी पनि लुकाउने प्रपन्च मिलाउनमा अग्रसर देखिन्छ । त्यसो त ठगीको धन्दामा विभागका कर्मचारीको समेत मिलेमतो भएकाले पनि कारबाहि फितलो भएको कतिपयको विश्लेषण छ । २०७१ साल जेठ ४ गते तयार पारिएको रेडियो रिपोर्ट Download Report Listen Report