म्यानपावर कम्पनी युवा ठग्दै, रोजगार विभाग भने टुलुटुलु हेर्दै

सरकारले तोकेको ८० हजारमा रोजगारदातालाई म्याजपावर कम्पनीले बिदेश पठाउँदैनन् ।
खुलेआम ठगीको बिगबिगि बढ्दा समेत बैदेशिक रोजगार विभाग भने मौन ।
 सरकारले बैदेशिक रोजगारमा जानेहरुबाट ८० हजार लिनुपर्ने नीति बनाएपनि त्यसको कार्यन्वयन हुन सकेको छैन । तोकिएको रकम भन्दा बढि रकम लिएमा कारबाहिमा पर्नुपर्ने भएपनि म्यानपावर कम्पनिहरु भने खुलेआम दोब्बर/तेब्बर रकम असुल्ने गरिरहेको पाईन्छ । सम्बन्धित निकाय बैदेशिक रोजगार कम्पनी भने लिखित उजुरी आएमा मात्रै कारबाहि गरिने भन्दै देखिएको ठगी पनि लुकाउने प्रपन्च मिलाउनमा अग्रसर देखिन्छ । त्यसो त ठगीको धन्दामा विभागका कर्मचारीको समेत मिलेमतो भएकाले पनि कारबाहि फितलो भएको कतिपयको विश्लेषण छ । 
२०७१ साल जेठ ४ गते तयार पारिएको रेडियो रिपोर्ट
Download Report          Listen Report

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?