Posts

Showing posts from July 29, 2014

आखिर भोग्नै प-यो

Image
बैकुण्ठ ढकाल झण्डै पाँच महिना अघि नै थाहा थियो, आजको दिनको बारेमा । यो दिन भोग्नै पर्ने थाहा थियो सुन्दा त्यत्तिधेरै घोचेन । स्वाभाबिक थियो, मृत्युको खबर । म अहिले पनि सम्झन्छु अचानक यो दिन कल्पना गर्नुपर्ने र सुन्नु परेको भए मलाई कत्ति गा¥हो हुन्थ्यो । त्यो अहिले कल्पना गर्न सक्दिन । मैले मेरो जन्मदाता, कर्मदातालाई चाँडै गुमाउनु पर्ने खबर सुनेर आफूलाई त्यही अनुसार तयार पार्दै लगेको थिएँ ।  केहि लामो समयसम्म बा भन्न पाउँछु कि भन्ने मनमा स्यानो आशाको त्यान्द्रो चाहिं बाँकी थियो । बिज्ञान र चिकित्साले पनि बचाउन नसक्ने अबस्थामा पुगिसकेपछि कस्को के लाग्दो रहेछ र ? म दाइको शरणमा थिएँ, काटेश्वरमा । (जेठो ठूलाबाको कान्छो छोरो कहाँ ) । खबर सुन्नु नै थियो । तर घटना भएको झण्डै पाँच घण्टा पछि मात्रै खबर पाएँ । पत्रकारिताको तालिम लिँदै थिएँ, बागबजारमा त्यहाँ फोन गर्नु भएको रहेछ गाउँबाट । म निस्कनु र फोन आउनु एकै पटक भएको थियो । बागबजारबाट कोटेश्वर पुग्दा छिमेकी कहाँ फोन आएको रहेछ । मैले भन्दा अगाडि भाउजु (मुना)ले कुरा गरेर थाहा पाउनु भएको रहेछ । उहाँहरुलाई मलाई कसरी सुनाउने भन्ने समस...