पत्रकार शाक्यलाई एमाले नेता बस्नेतले दिएको धम्कीप्रति पत्रकार महासंघको आपत्ति (नयाँपत्रिका)



समाचारको विषयलाई लिएर पत्रकार टेकमान शाक्यलाई नेकपा एमालेका नेता महेश बस्नेतले दिएको धम्कीप्रति पत्रकार महासंघले आपत्ति जनाएको छ। शनिबार महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई धम्की दिने यस घटनाका महासंघले निन्दा र भर्त्सना गर्ने उल्लेख छ। 

समाचारको विषयलाई लिएर महेश बस्नेत र उनको नाम लिएर अन्य केही व्यक्तिले बारम्बार ज्यानै लिनेसम्मका धम्की दिएको पत्रकार शाक्यले बताएका छन्। नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक शाक्यलाई शुक्रबार बिहानदेखि बस्नेत र उनको समूहले फोन र म्यासेजमार्फत धम्की दिएको थियो। 

बस्नेत स्वयं र उनका सहयोगी व्यक्तिले आतंकित पार्ने र त्रसित बनाउने गरी धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको महासंघले विज्ञप्तिमा जनाएको छ। घटनाबारे महासंघ प्रतिष्ठान प्रदेश समितिले पनि विज्ञप्ति जारी गरिसकेको छ। ‘समाचारको विषयलाई लिएर नेप्लिज टाइम्स डटकमका सम्पादक शाक्यलाई बारम्बार धम्की आएको महासंघ प्रतिष्ठान प्रदेश समितिले जनाएको छ। यो घटनाको महासंघ निन्दा र भर्त्सना गर्दछ। पत्रकार महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित समाचारप्रति असहमति भए विधिसम्मत् आफ्ना कुरा राख्न सकिने भन्दै महासंघले पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न सम्बद्ध व्यक्तिहरूलाई सचेत गराएको छ । साथै, पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग माग गर्दछ,’ महासंघले भनेको छ।

अर्काईभ लिंक यहाँ छ 

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?