पत्रकार शाक्यलाई धम्की दिएको भन्दै नेता बस्नेतलाई कारबाही गर्न महासंघको माग (कान्तिपुर)



काठमाडौँ — पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतले पत्रकार टेकमान शाक्यलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै महासंघले बस्नेतलाई कारबाहीको माग गरेको हो । 

समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न सकिने भन्दै महासंघले पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न सम्बद्ध व्यक्तिहरूलाई सचेत गराएको छ । महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न पनि सम्बद्ध निकायसँग माग गरेको छ ।

शुक्रबार 'नेप्लिज टाइम्स' डटकमका कार्यकारी सम्पादक शाक्यलाई बस्नेतले धम्की दिएका थिए । पत्रकार शाक्यद्वारा सार्वजनिक अडियो क्लिपमा आफूविरुद्ध समाचार लेखेको भन्दै धम्की दिएका छन् ।

शाक्यसँगको टेलिफोन संवादमा बस्नेतले भनेका छन्, 'तिमीले मेरो विषयमा जे बोलेका छौ । त्यो पुष्टि भएन भने के गर्छौ ?' बस्नेतले पत्रकार शाक्यकै नेतृत्वमा सिंहदरबार र सर्वोच्च जलाइएको आरोपसमेत लगाएका छन् ।

पत्रकार शाक्यले धम्कीपूर्ण अडियोक्लिप सार्वजनिक गरेपछि पनि नेता बस्नेतले म्यासेजमार्फत धम्की दिएका थिए । उनले शाक्यलाई धम्की दिँदै लेखेका छन्, 'धेरै कल रेकर्ड गर्न तयार भएर बस बाबु, सुरक्षित रहनु, सुखी रहनु, कुनै दुर्घटना नपरोस्…'

पत्रकार शाक्यले अर्का एक अपरिचित व्यक्तिले पनि धम्की दिएको बताएका छन् । 'उनले फोन गर्नुअगाडि 'म महेश बस्नेतको मान्छे हुँ' भन्दै एक अपरिचित व्यक्तिले पनि ज्यान मार्ने धम्की दिएको छ,' शाक्यले भने ।

अर्काईभ लिंक यहाँ छ

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?