झुटको खेतीमा राधिकाको रझाईँ
पछिल्ला वर्षहरुमा बैदेशिक रोजगारीका लागि नेपालीको मुख्य गन्तव्य मलेसिया बन्न पुगेको छ । अन्य देशमा भन्दा श्रमका तथा हावापानीको सहज वातावरण भएकाले पनि नेपाली युवाहरु मलेसियालाई रोजगारीको मुख्य गन्तव्य बनाउने गरेको पाईन्छ । बैदेशिक रोजगार विभागको तथ्याङ्कमा नै हेर्ने हो भने, आर्थिक वर्ष २०७०–७१ को माघ मसान्त सम्ममा सबैभन्दा बढि मलेसियामा १२ हजार ५ सय ५७ जना नेपाली कामदार श्रमका लागि पुगेका छन् । आर्थिक वर्षको माघ मसान्तसम्ममा बैदेशिक रोजगारीका लागि ३७ हजार २ सय ८५ जना नेपाली युवाहरु विदेशिएका छन् । विभागको तथ्याङक अनुसार मलेसियामा श्रमका लागि सबैभन्दा बढि पुरुष १२ हजार १ सय ५ तथा महिला ४४२ जना गएका छन् । श्रम गर्नका लागि मलेसिया नै मुख्य गन्तव्य बनाएका नेपालीहरुलाई विदेश पठाउने भन्दै चोक चोकमा ठगुवा म्यानपावर कम्पनीको बिगबिगी बढ्दो छ । जतिसुकै कष्टलाई सहेर विदेश हानिन बाध्य उनीहरु ठगी म्यानपावरको जालोमा पर्नुपर्ने बाध्यात्मक स्थितिको अन्त्य हुन सकेको छैन । विदेश पठाउने नाममा म्यानपावर कम्पनीहरुले नाम चलेको पत्रिकामा आकर्षण तलब देखाएर कम मुल्यमा विदेश जाने अवसर भन्दै विज्ञापन छपाउने क्रम रोकिएको छैन । विज्ञापनमा कम्पनीले तोकेको तलबको आकर्षणले युवाहरु त्यहि म्यानपावर कम्पनी खोज्दै पुग्छन् । अन्ततः ग्रामिण भेगबाट आएका सर्वसाधारणहरु ठगिन बाध्य हुन्छन् । एउटा म्यानपावरको लापरबाहिले दैनिक लाखौँ युवाहरु अलपत्र परेको र म्यानपावरले ठगी गरिरहेको समाचार संचार माध्यममा अडियो प्रमाण सहित आउँदा समेत म्यानपावर संचालक खुलेआम हिडिरहेका छन् । बैदेसिक रोजगार विभाग पनि त्यस्ता कम्पनीको प्रमाण सहित कसैले उपलब्ध गराएमा मात्रै कारबाहिमा अग्रसर हुने अवस्था छ । रोजगार विभाग आफैँ म्यानपावर कम्पनी धाएर कारबाहि गरेको भने कमै पाईएको छ ।बैदेशिक रोजगारका लागि म्यानपावर धाउने युवाहरुको यस्तै गुनासाहरु बाहिर आईरहेका समयमा राजधानी काठमाडौको पुरानो बानेश्वरमा रहेको नेबेले ओभरसिज प्राईभेट लिमिटेडले एक दैनिक पत्रिकामा मलेसियामा सेक्युरिटि गार्डका लागि ४० हजारमा जान पाउने अवसर उल्लेख गर्दै विज्ञापन छपाएको थियो । फाल्गुन २० गते प्रकाशित पत्रिकामा सबै शुल्क लगाएर ४० हजारमा नै विदेश जान पाउने अवसरको विज्ञापन देखेपछि युवाहरुको घुईँचो नै लागेको थियो । त्यसको बास्तविकताबारे जान्न हामी निगरानीमा लागेका थियौं । निगरानीका लागि अन्य पत्रकार साथिहरुको साथमा म नेबिल ओभरसिज प्राईभेट लिमिटेड नयाँ बानेश्वर पुगेको थिएँ । नेबेल ओभरसिज प्रवेश पूर्व हामीले अडियो रेकर्डर अन गरेका थियौँ । फागुन २२ गते बिहिबार सेक्युरिटि गार्डका लागि नै भनेर हामीले कुराकानी सुरुवात गरेका थियौँ । रिपेप्सनकी एक युवती कर्मचारीसँग नै सोधेर हामी म्यानपावरका म्यानेजर शुशिल बस्नेतसँग कुराकानी गरेका हौँ । सुरु देखि अन्तिम सम्म हामीले गरेको २३ मिनेटको अडियो रेकर्ड सुरक्षित नै छ । अडियो रेकर्डले नेबिल ओभरसिज ठगी धन्दामा लागेको प्रमाणित हुँदा हुँदै पनि संचालिका राधिका कटुवाल भने खुलेआम त्यसको विरोधमा लागेकी छन् ।
अडियोमा परिचय गर्ने क्रममा प्रष्टै सँग भनिएको छ की, “म शुशिल बस्नेत, नेबेल म्यानपावर कम्पनीका म्यानेजर हुँ” भनेर । संचालिक कटुवाल भने बस्नेत आफ्नो म्यानेजर नभएको ठोकुवा गर्दै आईरहेकी छन् । कटुवालको दाबी छ,–“शुसिल बस्नेत मेरो म्यानेजर होईन, विदेश लैजानका लागि मान्छे जम्मा गर्ने मात्रै हो मेरो कुनै कर्मचारी होईन ।” हामी त्यहाँ विदेश जाने बहानामा पुग्दा म्यानेजरकै कुर्सीमा बसेर बस्नेतले बार्गेनिङ्ग गरेका थिए । अन्य व्यक्तिहरुसँग पनि अन्तर्वातामा व्यस्त देखिन्थे बस्नेत । हामिलाई पनि जाने नै हो भने, त्यहि दिन अन्तर्वाता लिने बताएका थिए । अन्य साथिहरु पनि छन्, उनीहरुसँग सल्लाह गरेर आउने भन्दै हामी नेबिलबाट बाहिर निस्किएका थियौँ । यतिका संबादले पनि हामी शुशिल बस्नेत म्याजेजर नै हो भन्ने ढुक्क थियौँ । संचालिका कटुवालको अभिव्यक्तिमा बस्नेत म्यानेजर नभएको भन्ने भनाईले त झनै कटवालले ठगी दलाल पालेर राखेकी रहिछन् भन्ने प्रष्ट हुन्छ । कटुवालले भनेझैँ शुशिल बस्नेत म्यानपावरको म्यानेजर नै होईन भने अर्को ठगी खुलासा हुन सक्छ । कोहि व्यक्ति कुनैपनि संस्थामा कुर्सीमा बस्ने अधिकार हुँदैन । सर्वसाधारणलाई ठग्नका लागि राखिएको देखावटी अनुहार शुशिल बस्नेत, कोहि पनि होईन भन्ने संचालिका कटुवालको अभिव्यक्तिले झनै सर्वसाधारण ठग्नका लागि भनेर नै खुलेआम राखिएको आधिकारिक कम्पनी रहेछ भनेर बुझ्न सकिन्छ । विशेष जानकारीका आधारमा राधिका कटुवाल नै म्यानपानवरकी संचालिका हुन् भन्ने थाहा भएपनि हामीले बस्नेतलाई औपचारिकताका लागि संचालिका को हुन् भनेर सोधेका थियौँ । बस्नेतले हामीलाई संचालिका राधिका कटवाल हुन् भनेका थिए । संचालिका कटुवालको भनाई अनुसार बस्नेत आधिकारीक नियुक्ति गरेको दलाल रहेछ । बस्नेतको विषयमा पनि संचालिक कटुवालले स्पष्टिकरण दिनु आवश्यक छ ।
हामी त्यहाँबाट फर्किएपछि नेबेल ओभरसिजको अपिसमा फोन ग¥यौँ । संचरकर्मीको परिचय दिँदै संचालिकाको सम्पर्क नम्बर माग्यौँ । तर कर्मचारीहरुले दिन मानेनन् । एकले अर्कालाई फोन ट्रान्सफर मात्रै गरिरह्यो । राम्रो ढंगले नै संस्था संचालन गरेको भए त, मिडिया पर्सनले सम्पर्क नम्बर माग्दा दिनुपर्ने । सम्पर्क नम्बर माग्दा कर्मचारिले प्रस्तुत गरेको हिचकिचाहटले विगत १३ वर्षदेखि संचालित म्यानपावरले हजारौँ युवाहरुलाई ठग्ने गरेको स्पष्ट हुन्छ । यसको क्षतिपुर्ती दिन संचालिका राधिका कटवाल पछि हट्नुहुँदैन । अडियोमा स्पष्ट छ की, “५० हजार कमाई हुने ठाउँमा ४० हजारमा लैजान सकिदैन” भन्ने शुशिल बस्नेतको भनाई । संचालिकासँग हामीले कुरा गर्दा विज्ञापनमा भएअनुसार नै रकम लिएकोे दाबी गरेकी छिन् । विज्ञापनमा उल्लेख भएअनुसार ४० हजारमा कसरी मलेसिया लैजान सकिन्छ भन्ने प्रश्नमा संचालिका कटवालले फ्रि टिकट फ्रि भिजाको कुरा गरेकी छिन् । झुटको खेती धेरै समय टिक्दैन । एउटा झुटलाई सत्य बनाउनका लागि संचालिका कटवालले हजारौँ छुट बोल्ने प्रयास गरेकी छिन् । त्यसैले त संचालिका कटवालका अन्य धेरै कर्तुतहरु बाहिर निस्किरहेका छन् । संचालिकाको झुट अभिव्यक्तिले उनी ब्रम्ह लुटको खेती गर्ने व्यक्तिमा प्रमाणित भएकी छिन् । पत्रिकामा उल्लेख भएअनुसार विदेश लैजान नसकिने र श्रम विभागलाई देखाउन मात्र विज्ञापनमा त्यो उल्लेख गरेको बस्नेतले हामीसँग प्रष्ट भनेका छन् । अडियो रेकर्डमा स्पष्ट सुन्न सकिन्छ । विभागले भने विज्ञापनमा उल्लेख गरिएको रकम नै गैर–कानुनी भएको बताएको छ । हाकिमकै कुर्सीमा बसेर म म्यानेजर हुँ भन्दै कुराकानी गर्ने अधिकार बस्नेतलाई कसरी आयो ? हामीलाई कटुवालले दिएको प्रमाणहिन प्रमाणले संचालिका आफैँलाई लज्जित बनाउनुपर्ने हो । तर उनी आफैँ खुलेआम गल्ती नभएको जिकिर गर्दै आईरहेकी छिन् ।
हामीसँग रहेको अडियो रेकर्ड बैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरी पुष्करलाई बुझाएका छौँ । विभागका महानिर्देशक पुष्करले अडियो रेकर्ड सुनिसकेपछि कारबाहि अघि बढाएको छ । अहिले नेबेल ओभरसिजको सबै काम कारबाहि रोक्का भएको छ । श्रम विभागले नेबेललाई निलम्बन गरिदिएपछि त्यसको कारण माग्न संचालिका कटुवाल रोजगार विभाग देखि सम्बन्धित अन्थ थुप्रै निकायमा धाउन थालेकी छिन् । रोजगार विभागले पनि चित्त नबुझेमा अख्तियार धाउन सल्लाह दिईसकेको छ । विभागका महानिर्देशक कृष्णहरी पुष्करले नेबेलबाट कारबाहि सुरुवात गरेर राम्रो प्रयासको थालनी गरेका छन् । नेबेललाई मात्र होईन, राजधानीमा रहेक अन्य धेरै म्यानपावर कम्पनीमा छापा मार्दै कारबाहि गर्नु आवश्यक छ ।
श्रम मन्त्रीसँग पनि निलम्बित सँस्था फुकुवा गर्न आग्रह गर्न संचालिक राधिका पुगेकी छिन् । घटनाको सत्य तथ्यका लागि रोजगार विभागले नन्दराज ज्ञवालीको नेतृत्वमा छानविन आयोग समेत गठन गरेको छ । अनुसन्धान अधिकृत नन्दराज ज्ञवालीले राधिका कटुवालसँग लिखित बयान लिनुभएको छ । अडियो प्रमाण नै सबै प्रमाण काफि रहेकाले पनि कटवालको पक्षमा सुनुवाई हुनेछैन भन्ने विश्वास गर्न सकिन्छ । दोहोरो अडियो रेकर्डले पनि संचालिका राधिका कटवालको दलालिपनलाई माफि दिनुहुँदैन । राधिकाको गल्तीलाई माफि दिएमा फेरी अन्य हजारौँ दलालीहरुको जन्म हुन सक्छ । रोजगार विभागले चोक चोकमा सर्वसाधारण ठग्न च्याँखे थाप्दै जन्मिरहेका म्यानपावर कम्पनीलाई कारबाहि अघि बढाउनु आवश्यक छ ।
टेकमान शाक्य रेडियो पत्रकार हुन् ।
tekmanshakya@gmail.com
रातोपाटीमा छापिएको आर्टिकल यहाँ हेर्नुहोला......tekmanshakya@gmail.com
Comments
Post a Comment