नेता र नरिवल........

यो देश चतुरेहरुको मात्र रहेछ । जालझेल गर्नेहरुको मात्र रहेछ । अनि नौटकी नाटक गर्नेहरुको रहेछ । यहाँ तँ कराई राख, म गर्दै जान्छु भन्नेहरु मात्र निर्णयकर्ता भनौँदा व्यक्तिमा खडा भएका छन् ।
गरेको निर्णयलाई वेअर्थमा परिणत गर्नमा उनिहरुलाई कसैले सक्दैनन् । परिक्षा नै लिने हो भने विशिष्ट श्रेणि नै प्राप्त नगर्ला भन्न सकिन्न । यहाँ गुलामी गर्नेहरुको लागी हुकुमी छ, खवरदारी गर्नेहरुको लागी लाठि छ । जसको शक्ति उसको भक्ति भनेझैँ सक्नेले जे पनि गरेका छन् । नसक्नेले रुन पनि अनुमति माग्नुपपरेको छ । यो देशमा यति धेरै असमानता आउनुमा सबैभन्दा बढि दोष निणयकर्ताहरुलाई नै जान्छ । हरौटे र भगौटेहरुले चलाएको देश हुन पनि कस्तो होस् । यस्तो हुनुमा उनिहरुको केहि दोस छैन । सबै दोष छ त, हाम्रै दोष छ । बाँदरलाई नरिवल राख्न दिएर नै हामिले गल्ति गरेको ठान्नुपर्छ ।
यदि हामिले मान्छेलाई नरिवल राख्न दिएको हो त, आज त्यसको ब्याज सहित हामिले प्राप्त गरिसकेका हुन्थ्यौँ होला । बुढापाकाले यो उखान त्यसै बनाएका रहेनछ्, बाँदरको हातमा नरिवल भनेर । आज बल्ल घामझैँ छर्लङ्ग भएको छ, हामी आफै गल्ति रहेछौँ भन्ने कुरा । आज गरेको कुरालाई भोलि अर्कै अर्थ लगाउने, पर्सि अर्कै अर्थ लगाउने । अनि अन्तिममा मैले गर्न सकेँ  खाएँ ? तँ पनि सक्छस् भन्ने गर्, खा ? भन्ने अभिव्यक्ति दिन समेत पछि पर्दैनन् यो देशका भुसतिघ्रे, मिठो जिब्रेहरु । मलाई त अचम्म लाग्छ यो जिब्रोको लागी पनि कत्ति संघर्ष गर्नुपर्ने रहेछ । आखिर स्वाद नै नचाहिँदो हो त किन गर्नुपथ्र्यो र भित्रि जालझेल । जालझेल भन्ने कुरा त माकुराको जालो जस्तै हो । कहिल्यै के हुन्छ थाहा हुँदैन । अझ अर्को अर्थमा भन्ने हो भने त जालझेल त एक कला हो । किनकी जालझेल गर्न प्रायः मानिसको मष्तिस्कले नै धान्दैन । उनिहरुको त मष्तिस्क पनि विदेशबाट किनेर ल्याएको जस्तो छ । जैले पनि विदेशको कुरा मात्र गर्ने । स्वदेशको बारेमा उनिहरुलाई कुनै चिन्ता छैन । किनकी विदेशबाट झिकाएको दिमाखलाई स्ववदेशमा बस्, भनेर नमान्दोरहेछ ।
साँच्चै भन्ने हो भन्ने, अब त चोरलाई पो विद्धान मान्नुपर्ला जस्तो लाग्यो । चोरको सय दाउ हुन्छ भन्छन् । त्यो सय दाउ मध्ये एक दाउ चिप्लिएमा खेल खत्तम हुन्छ । यिनिहरुलाई डाक्टर, पाईलट, ईन्जिनियर कसैले पनि केहि गर्न सक्दैन । यदि यो क्षेत्र नराम्रो हो त, अर्किटेक्चर विषयमा थेसिस गरेकाहरु पनि किन यो क्षेत्रमा आउँथे र ? यो ठाउँ एकदमै न्यानो र प्यारो ठाउँ छ । यहाँ जो आउँछ, त्यहि लपक्क टाँसिएर बस्नेछ । बस्न नपाउन्जेल विभिन्न बहाना बनाउनुपर्ने यो क्षेत्रमा बसिसकेपछि कसैले धपाउन सक्दैन । लिसो टाँसिएको ठाउँमा त बरु विभिन्न प्रविधि अपनाउन सकिन्छ । तर यसको समाधान कसैले पनि आविश्कार गर्न सकेको छैन । सबैको  प्यारो यो ठाउँमा तपाई पनि आउन चाहनुहुन्छ भने आज नै आफ्नो अभियानलाई सुरु गर्न थाल्नुभए हुन्छ । यहाँ त नभाको आरोप पनि लगाउन पाईन्छ । अनि प्रत्यारोप पनि । यस्तो ठाउँमा बस्न पाउनु त भाग्यको कुरा हो । बेलाबेलामा तातो चिसोको पनी व्यबस्थथा, सत्ता र भत्ताको व्यबस्था, त्यति पनि नभए अरु कुनै व्यबस्था नहुने त कुरै भएन । यदि कुनै गल्ति नै गरिहाले भनेपनी किरासरिको सपोर्टरहरुको ढाँकछोप पाईने । बास्तबमा नै यो नरिवल खाने दाउ अत्यन्तै रमाईलो छ । यो त भयो नरिवलेहरुको कथा । अर्कोतिर जनता बन्नुको मज्जा पनि छुट्टै छ । जनतालाई के थाहा, कराउन मात्र जान्ने कचकलेहरुको रणनिति ? जनता बन्नुको अर्को मज्जा के छ भने, नबुझे पनी गाली गर्न पाईने । नभाको आरोप लगाउन पाईने । लहैलहैको भरमा हिड्न पाईने । जसले जे भन्यो, त्यसैलेलाई सहि मान्न पाईने । अहिलेको परिस्थिती यस्तो पनि छ कि, जाँड खानेहरुको लागि पनि देशको चिन्ता छ । खाएको मातमा देशमा संविधानको खात आफैँ बनाउछु भन्दै चिच्याउछन् । त्यति पनि बोलेन भने त, फेरी अल्कोहलले ध्वस्त पार्छ भन्ने कुरामा रक्स्याहाहरुलाई समेत सिकाएको छ । मातमा बोलेको बोलि गोलि भन्दा पनि धारिलो हुँदो रहेछ । नत्रभने किन निलम्बनमा पर्नुपर्दथ्यो र सभासद भनौँदाहरु । यो सभासद भन्ने सब्दपनि सभामा मात्र बोल्ने शब्द जस्तो लाग्यो अब त । किन नि ? भन्ने प्रश्नको जवाफमा भने, सभामा मात्र उनिहरुको काम लाग्ने गर्छ भन्ने आउँछ । सभादसको काम त सभालाई प्रमुख आतिथ्यको लागी एक सोभा बढाउने मात्र रहेछ । कहिलेकाँहि त मलाई पनि ठाह लागेर आउँछ । म पनि कहिले सभासद बन्न पाउँला र ४ वर्ष सभामा प्रमूख अतिथि बनेर सबैको अगाडी नाईके ठिटो बनुँला भनेर । तर खै ? यो त मेरो सपना मात्र होला जस्तो छ । अब संविधान सभाको चुनाब नै नहुने भयो ? हुन त संविधान सभाको चुनाबमा जितेर पो के हुने हो र ? जिते पनि नजिते पनि आखिर त्यहि हो । तर जे भएपनि, मलाई पनि एकचोचि नेता बन्ने रहर छ । जनताको नरिवल समाउने रहर छ । अनि नरिवलको स्वाद चाख्ने रहर छ । 
सन्तुलन साप्ताहिकमा छापिएको आर्टिकल

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?