अनलाईनको प्रभावले बढ्दै छ आर्थिक सहयोग
टेकमान
शाक्य,...आमाको मनले सन्ततीको कुभलो चिताउने काम गर्न मान्दैन होला सायद ।
उनीहरुका लागि प्राण त्याग्न पछि नपर्ने आमालाई कहिल्यै पनि रिण तिर्न
सकिँदैन भन्ने चलन समेत छ । सायद सबैका लागि बच्चाका लागि आफ्नो आमा र
आमाका लागि आफ्नो बच्चा संसारको अमूल्य नै लाग्दछ । तर कुनैबेला जन्मदिने
आमा नै महाराक्षस भएर खडा हुँदोरहेछ । छोराछोरीको खिन्नतामा आफ्नो मनलाई
खुम्च्याउने आमाले आफ्नै बच्चाको भविश्यमा कालो बादल लगाईदियो भन्दा पत्यार
नलाग्ला । आमाले नै बच्चाको माशु लुस्ने काम ग¥यो भन्दा गफ हुन सक्ला ।
सबैलाई यो भनाईले एक फोरा हाँसो पनि आउन सक्ला पत्यार नलागेर । तर कत्तिपय
समयमा असम्भव कुराहरु पनि पत्याउनुपर्दो रहेछ । घटना धादिङ जिल्लाको हो ।
आफ्नै आमा बिलकुमारीको हातबाट ३ महिने दिलकुमारीले दुबै खुट्टा गुमाउन
पुगेकी छिन् । आफ्नै आमाले शिशुको दुबै खुट्टा अचानोमा राखेर काटिदिएको
भन्ने खबर सत्य हो । कुरा २०७० साल आषढ २५ गतेको हो । ढोला नं. २ तीनघरेकी
बिलकुमारीले आफ्नै छोरीको दुबै खुट्टा छिनाएर गाउँमा भन्दै हिँडेकी थिईन् ।
त्यतिमात्र होईन बिलकुमारीले शिशुको खुट्टा पकाएर खाने भन्दै गाउँमा
रमाउँदै हिँडेकी थिईन् रे । सायद उनले गाउँमा त्यस्तो भन्दै नहिडेको भए
उसको बच्चा दिलकुमारीको अवस्था अर्कै हुन्थ्यो होला । तै दुबै खुट्टा
गुमाएर भएपनि जीवन जिउनका लागि बाँचेकी छिन् शिशु दिलकुमारी । कसरि सकेको
होला आफ्नै बच्चाको दुबै खुट्टा अचानोमा राखेर काट्न ? अनि कसरि सकेको
होला गाउँमा त्यहि शिशुको खुट्टाको माशु पकाएर खाने भन्दै गाउँगाउँमा
हिँड्न ? कसैको आमाले आफ्नो बच्चाको त्यस्तो अवस्था सिर्जना हुँदा यसरी
रमाउँदै हिड्न सक्ला ? हो पक्कै पनि सक्दैन । आमालाई पनि खासै गल्ति ग¥यो
भन्ने ठाउँ भने छैन । मानसिक सन्तुलन गुमाएको ती आमालाई के थाहा आफ्नै
बच्चालाई आफुले यस्तो काम गरिरहेछु भन्ने कुरा ? बिलकुमारी मानसिक सन्तुलन
गुमाएकै कारण बेहोसमा यस्तो कर्म गर्न पुगेकी रहिछ । उनी विगत ९ वर्षदेखि
मानसिक रोगले पीडित छिन् । यो भन्दा पहिले पनि बिलकुमारीले घरमा आगो लगाउने
लगायत नराम्रा काम गर्दै आएको स्थानियहरु बताउँछन् ।
![]() |
| बच्चीको आमा |
स्थानीयबासी हिमालय शर्माका अनुसार अहिले आमा र बच्चा दुबैको उपचार भैरहेको छ । आमाको मानसिक
उपचार र बच्चाको खुट्टाको उपचार राजधानीमा रहेको शिक्षण अस्पतालमा भैरहेको
पारिवारिक स्रोतले बताएको छ । पारिवारिक अवस्था नाजुक भएका कारण उनीहरुको
उपचारका लागि समस्या भैरहेको छ । उपचारका लागि हरेक सँग हारगुहार मागिरहेका
छन् उनीहरुले । सहयोगकै क्रममा शिक्षण अस्पतालले बेड शुल्क निःशुल्क
गरिदिएको अस्पतालले जनाएको छ । शर्मा आफैँले पनि बिरामी उपचारका लागि सहयोग
गर्दै आईरहनुभएको छ । यस्तै सहयोगका लागि अपिल गरिएको खबर समावेशी
अनलाईनमा पनि गत आईतबार प्रकाशित भएको थियो । जुन समाचारमा गैरीपूर्षू युवा
समाजले आर्थिक सहयोग गरेको प्रशंग समेत समावेश भएको थियो । प्रकाशित
समाचारको प्रभाबकै कारण नारी जागरण केन्द्र धादिङकी अध्यक्ष गवती उप्रेतीले
शिशुको उपचारका लागि पाँच हजार सहयोग प्राप्त भएको थियो ।
अनललाईनमा प्रकाशित समाचार पढेर भगवती जी ले प्रमोद दाईलाई म्यासेज
गर्नुभएको रहेछ । उप्रेती जापानमा बसेर पनि बिरामी शिशुलाई पाँच हजार सहयोग
गर्ने भन्दै भावुक भन्नुभएको थियो । सहयोग गर्ने विहानीको शुभ समाचारले
फेरी अर्को समाचार जन्मायो । हत्तन पत्त भगवतीको आर्थिक सहयोगको अर्को
समाचार बन्नयो । समाचारलाई अनलाईनमा प्रशाशितभयो । सामाजिक संजाल फेजबुक
पेज र टुईटर मार्फट समाचार जताततै छरपट्ट भयो । भगवनी उप्रेतीको समाचारका
कारण अन्य सामाजिक संजाल प्रयोगकर्ताहरुले समेत सहयोगकाी आवाजहरु बुलंद
गरिरहेका थिए । सबैको फेसबुक स्ट्याटसमा अनलाईनको लिङ्क शियर भएको थियो ।
उप्रेतीको आर्थिक सहयोगको समाचारले फेरी अर्को सहयोगी मन भएको व्यक्तिको
मनले सहयोग नगरिकन नबस्न सकेन । त्यहि समाचारको प्रभावले धादिङ ज्यामरुङका
रामप्रसाद सापकोटा कमलले सामाजिक संजाल फेसबुकमार्फत २० हजार नगद रुपैयाँ
सहयोग गर्ने भन्नुभयो । मकलको सहयोगको खबरले झनै समाबेशी अनलाईन ती अबोध
शिशुमय भैरहेको थियो । अनलाईनमा फेरी रामप्रसादको समाचार प्रकाशित भयो ।
समाचार प्रकाशित भएको भोलिपल्ट उहाँले नै उहँले सहयोग लिनका लागि आग्रह
गर्नुभयो ।
करिब साँझको ९ बजिरहेको थियो । म रुममा नेट चलाएर बसिरहेको थिएँ । एकछिन
मात्र के नेटमा बसेको थिएँ मेरो मोबाईलमा फोन आयो । फोन गर्ने गैरीपूर्षु
युवा समाज काठमाडौंका अध्यक्ष हुनुहुँदो रहेछ । मलाई फोन गरेर ती बालिकाको
पहुँच सम्म जानका लागि उहाँले नै सहयोग गर्नुभएको हो । भोलीपल्ट हामी
सोह्खुट्टेमा रहेको सामप्रसाद सापकोटाको अपिस माउन्टेन डिलाईटमा पुग्यौँ ।
त्यहाँ पुग्ने बित्तिकै बच्चीको बारेमा कुरा हुन थाल्यो । सापकोटाले
त्यसअवसरमा हिमालय जी र म मार्फत उपचारको लागि भन्दै २० हजार रुपैयाँ नगद
आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो । भनिन्छ पुरुषको तुलनामा महिलाको मन
कमलो हुन्छ रे । पुरुषको मन कठोर हुन्छ रे । तर त्यो भनाईलाई तोड्दै कमल
सापकोटाले आँखाबाट आँशुको भल बगाईरहनुभएको थियो । लाग्थ्यो पुरुषहरुको मन
पनि यति कमल हुँदोरहेछ । नगत आर्थिक हस्तान्तरण पश्चात उहाँको अपिसबाट हामी
बाहिर निस्कियोँ ।
कमलको आर्थिक सहयोगको समाचार सबै मिडियामा पठाउने काम भयो । दुई दिनपछि कमल
सापकोटाले गरेको आर्थिक सयोगको प्रभावको फेरी अर्को सहयोगी हातको उदय भयो ।
नलाङका शुरेश भट्टले शिशुको उपचारका लागि २ हजार सहयोग गर्ने भन्नुभयो ।
उहाँले ठमेलमा रहेको आफ्नै अपिसमा बोलाएर आर्थिक सहयोग गर्नुभएको हो ।
वास्तमा केहि समयदेखि मैले प्रयोग गर्दे आएको समावेशी अनलाईन नामक ब्लगले
सहयोग उठ्ला भन्ने खासै लागेको थिएन । तर सहयोगी मन भएकाहरुका लागि ब्लग र
अनलाईनमा कुनै फरक पर्दोरहेनछ । पछिल्लो समय समावेशी अनलाईन डट कम एक
प्रोफेसनल ब्लगको रुपमा मात्र समाचार प्रेसित हुँदै आएको छ । अनलाईनको
प्रभावले त्यति सहयोग गरिदिएकोमा सहयोगकर्ताहरुमा आभार प्रकट गर्न चाहन्छु ।
उहाँहरुले जस्तै गरेर तपाई पनि सहयोगी हातहरु अगाडी बढाउन मन लागेमा शिशु
दुवाडीको उपचारका लागि राष्ट्रिय बाणिज्य बैङकमा रहेको खाता नंबर
१०९१०५९४४८१० मा आथिर्क सहयोग गर्न सकिनेछ । तपाईको तर्फबाट पनि सहयोगी
मनहरु अगाडी बढ्नेछ र ती शिशुको सुनौलो भविश्यको लागि केहि हदसम्म मात्र
भएपनि ईट्टा थप्ने कार्य हुनेछ ।
जनमुक्ति मार्गमा २०७० साल भाद्र १० गते छापिएको मेरो आर्टिकल

Comments
Post a Comment