बाल कार्यक्रम कोपिलाले पारेको प्रभावबारे अनुसन्धान प्रस्तावना
परिचय
२०६१ साल मंसिर १८ गतेदेखि राजधानी काठमाडौंबाट प्रशारण आरम्भ भएको नेपालको पहिलो स्वतन्त्र रेडियो नेटवर्क नेपाल एफ्.एम्. नेटवर्कबाट प्रसारित बाल कार्यक्रमको नाम हो, कोपिला । रेन्बो एफ्.एम. प्रा.लि. द्धारा संचालित नेपाल एफ्.एम्.राजधानी काठमाडौंबाट एफ.एम. ब्याण्डको ९१.८ मेगाहर्जबाट सुन्न सकिन्छ । सुरुवातीमा नै १४ वटा एफ्.एम्. रेडियोबाट एकैचोटी समाचार प्रशारण गर्न सफल यस रेडियो नेटवर्कको मातहतमा १ सय २० भन्दा बढि रेडियोहरुको संख्या पुगेको छ । तात्कालिन राजा ज्ञानेन्द्रले शाशन हातमा लिदा समेत निडर पत्रकारीता गर्न सफल नेपाल एफ.एमले २०६२÷६३ को जनआन्दोलनमा पनि महत्वपूर्ण भुमिका निर्वाह गरेको ईतिहास छ ।
नाफामुखीबाट टाढा रहेर जनताका बास्तविक समस्या, अभावलाई बाहिर ल्याउने र सम्बन्धित निकायलाई घच्घच्याउने काम यो रेडियोले गरेको पाईन्छ । रेडियोबाट प्रशारित सामग्रीले सरकारी कामकाजमा राम्रै काम गरेको उदाहरणहरु छन् । भ्रष्टाचार, अत्याचार, अन्याय, घुसखोरी जस्ता प्रवृत्तीको अन्त्य गर्दै समान अधिकारका लागि बिगतदेखि नै यस रेडियोले कार्य गर्दै आएको पाईन्छ । देशभर संचालित स्वतन्त्र रेडियोहरुसँग सहकार्य गर्दै रेडियोले समाचार मात्र नभई, महिला, युवा, कृषि, बालबालिका, स्वास्थ्य लगायत विषयमा उत्कृष्ठ कार्यक्रमहरु उत्पादन गर्दै प्रशारणमा ल्याएको छ । भविश्यमा देश हाँक्नेहरु बालबालिका नै भएकाले उनीहरुमा सकारात्मक प्रभाव पार्न सकेमा मात्रै समाज परिवर्तन र देश विकासका लागि सजिलो हुने भन्दै रेडियोले बाल कार्यक्रम कोपिला संचालनमा ल्याएको छ ।
सुरुवाती अवस्थादेखि नै प्रशारण हुँदै आएको बाल कार्यक्रम कोपिला अहिले देशका विभिन्न १० भन्दा बढि रेडियोहरुले प्रशारण गर्दछन् । विगत ५ वर्षदेखि प्रशारण हुँदै आएको बाल कार्यक्रम कोपिलाकी संचालिका शृजना खड्का हुनुहुन्छ । विशेषतः कक्षा १० सम्म अध्ययन गर्ने र १६ वर्षभन्दा मुनिका विद्यालय तहका बालबालिकाहरुका लागि बाल कार्यक्रम कोपिला निक्कै नै उपयोगी र लोकप्रिय बन्न पुगेको कार्यक्रम संचालिकाको भनाई छ । कार्यक्रम कोपिलामा बाल कथा, प्रेरक व्यक्तित्वको बारेमा जानकारी, शिक्षा, अनुशासन, बाल प्रतिभा देखि उनीहरुको सर्वाङ्गिण विकासका लागि आवश्यक हरेक सामग्रीहरु प्रशारण हुने गर्दछ । बालबालिकाहरुकै प्रत्यक्ष सहभागीतामा विविध प्रतियोगीताहरु समेत कार्यक्रममा हुने गरेको छ । अन्तरनिहित प्रतिभाको प्रष्फुटन गर्दै उनीहरुको उचित मार्गनिर्देशका लागि नेपाल एफ्.एम्ले बालबालिकाहरुका लागि कार्यक्रम कोपिला प्रशारणमा ल्याएको हो । कार्यक्रमले बालबालिकाका क्षेत्रमा उल्लेखनिय कार्य गर्न सफल भएको भन्दै केटाकेटी मिडिया देखि विभिन्न क्षेत्रबाट पम्मान समेत प्राप्त गरेको छ । २०६४ साल मंसिर ४ गतेदेखि सुरु भएको बाल कार्यक्रम कोपिला हरेक दिन साँझ ५ बजेदेखि ६ बजेसम्म आउने गर्दछ ।
उदेश्य
बालबालिकाहरु काँचा माटा हुन् । उनीहरुलाई जस्तो बनाउन खोजियो, त्यस्तै बन्छ । परीवर्तनको सम्बाहक उनीहरु हुन्, उनीहरुबाट नै यसको सुरुवात गर्नुपर्छ भन्ने मल उदेश्यले नेपाल एफ्.एम्.ले बाल कार्यक्रम कोपिला प्रशारणमा ल्याएको हो । रेडियो कार्यक्रम कोपिलाले बालबालिकामा पारेको प्रभावको बारेमा अनुसन्धान गर्नुको मुख्य उदेश्य निम्न छन् ।
बालबालिकाहरुको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउन कार्यक्रम कोपिलाले कस्तो भुमिका निर्वाह गरेको छ भन्नेबारे जानकारी लिन ।
बालबालिकाहरुकै सहभागीतामा निर्माण भएको रेडियो कार्यक्रम कोपिलाले पार्न सकेको प्रभावबारे जानकारी लिन ।
बालबालिकाहरुमा हौसला र प्रेरणा प्रदान गर्नका लागि कोपिलाले गरेको योगदानको बारेमा जानकारी लिन ।
बाल कार्यक्रम कोपिलाले मनोरन्जनबाट सकारात्मक शिक्षा प्रदान गरेको छ की छैन भन्ने थाहा पाउन ।
समस्या कथन
बाल कार्यक्रम कोपिला देशैभर प्रशारण हुने भएकाले पनि सबै ठाउँमा गएर कार्यक्रमको बारेमा जानकारी लिन कठिन देखिन्छ । देशका हजारौँ विद्यालयहरुमा पुगेर बाल कार्यक्रमको बारेमा जानकारी लिनका लागि बजेटले नधान्ने, धेरै समय लाग्ने लगायत विविध समस्यो भएकाले पनि केहि प्रतिनिधि स्थालमा गएर अनुसन्धान गर्नुपर्ने बाध्यात्मक अवस्था देखिन्छ । देशको कुनै एक भु–भागमा रहेको प्रतिनिधि विद्यालयमा गएर गरिने अध्ययनले देशैभरको अवस्थालाई प्रतिनिधित्व गराउन गाहे पर्ने देखिन्छ । तै पनि, जहाँ समस्या त्यहिँ उपाय भनेझैँ आवश्यक केहि उपायहरु अपनाउन सकिएमा अनुसन्धानलाई थप सहज र सरल बनाउन सकिन्छ ।
परिकल्पना
राजधानी काठमाडौंमा नेपाल एफ्.एम्. नेटवर्कले उत्पादन गरी देशभरका रेडियो स्टेशनहरुमा प्रशारण हुने बाल कार्यक्रम कोपिलाले पारेको प्रभावबारे अनुसन्धान गर्दा निम्न विषयहरु पत्ता लाग्नेछ ।
बालबालिकाहरुको प्रत्यक्ष सहभागीतमा उनीहरुको प्रतिभाको प्रष्फुटन गर्ने कार्यक्रमा कोपिलाले उल्लेख्य भुमिका निर्वाह गर्न सफल भएको छ भन्ने पत्ता लाग्नेछ ।
बालबालिकाहरुमाथि हुने गरेका अधिकार हनन, शोषण, लगायत विषयमा प्रशारण गरिएको सत्य तथ्य सामग्रीले उनीहरुको जीवनमा सकारात्मक उथलपुथल ल्याएको छ भन्ने थाहा पाउनेछ ।
स्थानीय तहमा बालमैत्री वातावरण निर्माण कार्यमा कार्यक्रम कोपिलाले सक्दो सहयोग गरेको छ भन्ने तथ्य फेला पर्नेछ ।
ग्रामिण बालबालिकाहरुका लागि पनि सम्पन्न ठाउँका बालबालिकाहरुका लागि जस्तै शैक्षिक पूर्वाधार उपलब्ध गराउनका लागि उल्लेख्य प्रेरक कार्यमा सहयोग गरेको छ भन्ने पत्ता लाग्नेछ ।
पूर्व कार्यको समिक्षा ९च्भखष्भध या ष्तिभचबतगचभ०
नेपाल एफ्. एम्. नेटवर्क मार्फत देशैभर प्रशारण हुने बालबालिकाहरुका लागि तयार पारिएको कार्यक्रम कोपिलाले उनीहरुमा पारेको प्रभावमा बारे जानकारी लिनका लागि विभिन्न स्रोतहरु प्रयोग गर्न सकिन्छ । यसका लागि मासिक बाल पत्रिका हाम्रो बाल बगैँचा, मुना, लगायतको सहायता लिन सकिन्छ । बालबालिकामा रेडियोबाट प्रसारित बाल कार्यक्रमले पार्ने प्रभावका विषयमा मासिक बाल पत्रिकामा छापिएका लेख तथा रचनाहरु नै यसको आधार मान्न सकिन्छ । कार्यक्रमले पारेको प्रभावबारे अनुसन्धान सुरु गर्नु पूर्व बालबा कार्यक्रम संचालिका सृजना खड्का सँग पनि जानकारी लिन सकिन्छ ।
कार्यक्रमबाट प्रसारित सामग्रीले बालबालिकामा ल्याएका उथलपुथल सबै कार्यक्रम संचालिकासँग जानकारी लिईनेछ । यसले अनुसन्धानमा थप सहयोग मिल्नेछ । त्यस्तै नेपालका रेडियोहरुमा प्रसारित बाल कार्यक्रमको बारेमा बाल अधिकार अधिकृत तारक धिताललाई पनि स्रोत मान्न सकिन्छ । अनुसन्धान पश्चात बाल कार्यक्रम कोपिलाले बालबालिकामा सकारात्मक असर पार्न सफल भएको छ भन्ने निष्कर्ष निस्कने अनुमान गर्न सकिन्छ । अनुसन्धानलाई सार्थक बनााउनुका लागि यस्तै अन्य धेरै विधि तथा प्रक्रियाहरु अपनाउन सकिन्छ ।
अनुसन्धान बिधि
नेपाल एफ्.एम् नेटवर्कबाट देशैभर हरेक दिन साँझ ५ बजेदेखि ६ बजेसम्म प्रशारण हुने बाल कार्यक्रम कोपिलाले बालबालिकाहरुमा पारेको प्रभावबारे अध्ययन गर्नका लागि निम्न विधिहरु अपनाईनेछ ।
प्रश्न उत्तर विधि
छलफल विधि
प्रश्न उत्तर विधि
कार्यक्रमले पारेको प्रभाव बारे बालबालिकाहरुसँग प्रत्यक्ष राय लिनका लागि प्रश्न–उत्तर विधि अपनाईनेछ । प्रश्न–उत्तर विधिमा उनीहरुलाई बाल कार्यक्रमको बारेमा लागेका जिज्ञासाका बारेमा सोधिनेछ । प्रश्न–उत्तर विधिमा प्रयोग गरिने केहि प्रतिनिधि प्रश्नहरु निम्नानुसार छन् ।
१.तपाईलाई बाल कार्यक्रम कोपिला कस्तो लाग्छ र किन ?
२.बाल कार्यक्रम कोपिलामा तपाईले कत्तिको

Comments
Post a Comment